घोराही, बैशाख २० । घोराही उपमहानगरका प्रबक्ता राममणि पाण्डेले उपमहानगरपालिकाले गरेको शिक्षक सरुवामा उच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध आफुहरु पुनराबेदनका लागि सर्बोच्च जाने बताएका छन ।
उपमहानगरपालिकाको कार्यपालीकाले गरेको निर्णय कार्यान्वयन गर्न अदालतले रोक लगाएपछि शिक्षा संयोजक समेत रहेका पाण्डे उच्चका विरुद्ध सर्बोच्च जाने निधो भइसकेको बताए । उच्चको फैसलाले कार्यपालिकाको निर्णयलाई चुनौती दिने काम भएको भन्दै आफुहरु उक्त फैसलामा चित्त नबुझेको बताए ।
SPONSORED
न्यायपालिकाले कार्यपालीकालाई चलाउने काम भएको भन्दै त्यो आफुहरुलाई सह्य नहुने पनि बताए । उपमहानगरको निर्णय कार्यान्वयनको चरणमा गइ सकेकाले अदालतको निर्णयले केही दिन रोक लागेको जस्तो देखीएपनि सर्बोच्चको निर्णयलाई आफुहरुले पर्खिने बताए । मुद्धा मामिला भन्दा पनि सरुवा भएको बिद्यालयमा पढाउन जानु नै शिक्षकको लागि धेरै हितकर हुने भन्दै शिक्षकलाई राजनिति गर्न भन्दा पनि पढाउन तर्फ लाग्न आग्रह गरे
SPONSORED
घोराही उपमहानगरपालिका प्रमुखको विरुद्ध अन्तरिम आदेश
SPONSORED
उच्च अदालत तुुलसीपुरले घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र नगर शिक्षा समिति बिरुद्ध अन्तरिक आदेश जारी गरेको छ । उपमहानगरपालिकाले यही चैत ८ गते गरेको शिक्षा ऐन २०७५ को दफा ३१ तथा सोही ऐनको शिक्षा नियमावली २०७६ को नियम २५ को व्यवस्था र सोही नियमाावली २०७६को नियम ४९ को सरुवा सम्वन्धी निर्णय सुविधा सन्तुलनको हिसावले अव्यवहारिक देखिएकोले तत्काल कार्यन्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत तुुलसीपुुरका न्यायधीश बबिता उप्रेती र राजुराम सिलवालको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो । पद्यमोदय पब्लिक नमूना मावि भरतपुर दाङका प्रावि तहका शिक्षक तर्क बहादुुर बस्नेत, गिरिराज डाँगी लगायतका ६ जना शिक्षकहरुले घोराही उपहानगरपालिका प्रमुख नरुलाल चौधरी र नगर शिक्षा समितिलाई विपक्ष बनाई दिएको निवेदनमा उच्च अदालत तुलसीपुरले विपक्ष घोराही उपहानगरपालिका प्रमुख नरुलाल चौधरी र नगर शिक्षा समिति उक्त निर्णय कार्यन्वयन नगराई यथास्थितीमा राख्ने आदेश गरेको हो ।