दाङ । वङ्गलाचुलि गाँउपालिकाले आफ्नो पुर्ण स्वामित्वमा स्थापना तथा सञ्चालनमा ल्याएको वङ्गलाचुलि एफएमको खर्च अस्वाभाविक देखीएपछि सर्वत्र आलोचना सुरु भएको छ ।
गाँउपालिकाले रेडियो सञ्चालनका लागि मात्रै ७७ लाख बजेट उपलब्ध गराएको छ । रेडियो सञ्चालनका लागि ८ जना करार सेवामा कर्मचारी राखेर पारीश्रमीक वाफत वार्षिक २५ लाख रुपैया खर्च भइरहेको महालेखा परीक्षक कार्यालयले ठहर गरेको छ । उक्त रेडियोवाट आर्थिक वर्ष २०७८÷०७९ मा १ लाख ५ हजार मात्र आम्दानि भएको देखीएको छ । रेडियो सञ्चालन पुरै घाटामा देखीएको छ ।
SPONSORED
रेडियोले दिने आम्दानिले एक जना कर्मचारी पनि पाल्न सक्ने अवस्था छैन । गाँउपालिकाले वर्षेनि लाखौरुपैया रेडियोको नाममा खर्च गर्दै आएको छ । साथै महालेखा परीक्षकले उच्च लागतमा न्युन प्रतिफल देखीएकाले यस्ता योजना छनौट नगर्न गाँउपालिकालाई सुझाव दिएको छ । रेडियो सञ्चालन गर्दा आवश्यक्ता पहिचान र लाभ लागत विश्लेषण नगरेको महालेखाले ठहर गरेको छ । गाँउपालिकामा माओवादि र काग्रेस मिलेर स्थानिय तहमा चुनाव लडेर जितेका थिए ।
SPONSORED
SPONSORED