दाङ । घोराहीको पुरानो विद्यालय पद्मोदय उमाविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षका लागि तीन ठुला दलहरुविच भित्रभित्रै हानाथाप सुरु भएको छ । पछिल्लो समिकरण अनुसार काग्रेस र माओवादि एक ठाँउमा आएपनि उनिहरु विच कुरा मिल्न सकेको छैन् । तिन ठुला दलले पद्मोदयको विब्यस अध्यक्ष प्रतिष्ठाको विषय बनाएका छन् ।
एमालेवाट पद्मोदयको अध्यक्षका लागि यसअघिकै अध्यक्ष भइसकेका शिवकुमार आचार्यको चर्चा छ । तर, एमालेका केही नेताहरु भने नयाँलाई अवसर दिएर जानुपर्ने आवाज पनि उठेको छ । आचार्यको नाममा सहमति जुट्न सकेको छैन् । यसैगरेर माओवादिवाट विश्व आचार्य पनि विब्यस अध्यक्षका लागि लविङ जारी राखेका छन् । काग्रेसवाट अझै कसैले नेतृत्वका लागि मुख खोलिसकेको छैन् । काग्रेसले विद्यालयको प्रधानाध्यापक आफ्नो पक्षले पाउने सर्तमा विब्यस नेतृत्व छाड्न सक्ने कतिपय काग्रेस नेताहरु बताउछन् ।
SPONSORED
केही दिन अघिको छलफलमा काग्रेसका नेताहरुले विद्यालयको प्रधानाध्यापक आफुहरुलाई दिने सर्तमा विब्यसको अध्यक्षको दाविवाट पछि हट्न सक्ने जनाउ दिएको एमालेका एक नेताले बताए । विद्यालयको प्रधानाध्यापक बनाउने कुरा घोराही उपमहानगरपालिकाको भएका कारण एमाले नेतृत्वले सहमति नदिएकाले यो कुरा अझै टुङ्गो लाग्न सकेको छैन् । माओवादिवाट एमालेमा प्रवेश गरेका जिवन गौतमकै पहलमा माओवादि शिक्षक संगठन छाडी एमालेमा लागेका मोहन अधिकारीलाई अहिलेका वर्तमान प्रधानाध्यापक रामप्रशाद जैसिले निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएका छन् ।
SPONSORED
माओवादि कोटावाट विद्यालयका प्रधानाध्यापक बनेका जैसिले आफु सेवा निवृत्त हुने वेला अधिकारीलाई आफ्नो पक्षमा ल्याइ कन्भीन्स गरेर निमित्त प्रअको जिम्मेवारी दिएको विद्यालयमा चर्चाहरु आइरहेका छन् । काग्रेसका नेताहरु विद्यालयका शिक्षक दुर्गा पाण्डेलाई प्रधानाध्यापक दिने सर्त माने विब्यसको नेतृत्ववाट पछि हट्ने कतिपयको अनुमान छ । विद्यालयको प्रअको लागि माओवादि र काग्रेसको जुँगाको लडाई सतमा देखीन थालेको छ ।
SPONSORED