दाङ । दाङ चेम्बर अफ कमर्शको अध्यक्षमा ब्यबसायी बिकास अग्रबाल निर्बिरोध निर्बाचित भएका छन ।
कमर्शको आज शुक्रबार आफ्नै कार्यालयमा सम्पन्न साधारणसभा तथा अधिबेशनले अग्रवालको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको हो । अग्रबाल यसअघि तेर्सो कार्यकाल कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्षमा निर्बाचित भएका हुन ।
SPONSORED
उनी घोराही नगर बिकास समितिका पुर्ब अध्यक्ष पनि हुन । विभिन्न सामाजिक संघ सस्थामा नेतृत्वदायी भुमिकामा रहेर कुशलतापुर्बक काम गरेका अग्रबाल अनुभबिकारुपमा परिचित छन ।
SPONSORED
आफुलाई अध्यक्ष बनाउन भुमिका निर्बाह गर्नु हुने चेम्बरका साधारण सदस्य, राजनितिक दल, ब्यबसायी लगायत शुभेच्छुक सबैमा धन्यवाद समेत दिएका छन । नब निर्बाचित कार्य समितिको उपाध्यक्षमा लक्ष्मि अधिकारी, रेशमराज गिरि, महासचिबमा कृष्णा कार्की, कोषाध्यक्षमा नारायण गुप्ता, सचिबमा नरेन्द्र पुन र सह कोषाध्यक्षमा सुशिला पौडेल रहेका छन भने अन्य सदस्यहरुमा हरिप्रसाद बन्जाडे, नरबहादुर न्यौपाने, नरेन्द्रनाथ योगि, गणेश पाण्डे, पदमबहादुर बस्नेत, सन्तोष रेग्मी, पुष्पा श्रेष्ठ, महेश गुप्ता चयन भएका छन ।
SPONSORED