धर्नामा माओवादि, काग्रेस र स्वतन्त्र पार्टिको गठवन्धनलाई हराउदै एमालेको प्यानल विजयि

घोराही । मावि धर्नाको नयाँ विद्यालय ब्यवस्थापन समितिको लागि भएको निर्वाचनमा काग्रेस, माओवादि र राष्ट्रिय स्वतन्त्र पार्टि समर्थित गठवन्धनलाई हराउदै एमाले समर्थित एकल प्यालन विजयि भएको छ ।

चार सदस्यका लागि भएको निर्वाचनमा एमाले समर्थित प्यानल ५० मतको अन्तरले विजयि भएका हो । निर्वाचन समितिका अनुसार जितबहादुर केसिले २ सय ४४, राजकुमार चौधरीले २ सय ४२, पुजा घर्तिले २ सय ४५, गीता विकले २ सय ४३ मत पाएर विजयी भएका छन् । माओवादि, काग्र्रेस र स्वतन्त्र पार्टि समर्थित गठवन्धनको तर्फवाट उम्मेद्वार बनेका उनिहरुका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र पार्टिका सदस्य लुमबहादुर केसि १ सय ९४, अनिल चौधरी १ सय ९६, कल्पना नेपालि १ सय ९५ र हिमा डाँगि १ सय ९३ मत प्राप्त गरेका छन् ।

SPONSORED

विजयि सदस्यहरुलाई वधाई तथा शुभकामना दिदै प्रमाण पत्र घोराही उपमहानगरका शिक्षा शाखा प्रमुख नारायण पौडेल, कार्यालयकै अधिकृत घनश्याम वलि, घोराही ५ का वडा अध्यक्ष विवेक बुढाथोकिले प्रदान गरेका थिए ।

SPONSORED

SPONSORED

hospital dang ghorahi