फोरलेन सडक बारे सन्चारमन्त्री रेखाको जवाफ : हाम्रो मात्रै बिषय होइन, यो अन्तरास्ट्रिय बिषय हो !

दाङ । घोराही-तुलसीपुर फोरलेन सडक बारे दाङ २ बाट संघबाट चुनाब जितेका रेखा शर्मा, २ क बाट प्रदेश सभा सदस्य जितेका राजु खनाल, ख बाट प्रदेश सभा सदस्यमा चुनाब जितेका प्रचण्ड न्यौपाने गुण्टुले सपथ नखादै १५ दिनमा सडकको काम नभए ठेक्का तोड्ने सहमति गरेर सार्बजनिक प्रतीबद्धता जनाए ।

त्यो समय गुज्रियो, तर, एक इन्च काम पनि भएन । चारै तिरबाट खबरदारी भयो, बोल्नका लागि बोल्दीए जसरी मात्रै ओठे जवाफ मात्रै आयो । जितेका जनप्रतिनिधिले ठेक्क तोड्ने त परै जावस । मुख्य ठेकेदारलाई पनि भेटाउन सकेका छैनन । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको पालामा पनि यो बाटाे राजनीति गर्ने थलो मात्रै बन्यो । काम भएन ।

SPONSORED

चुनाबको बेला सडक आजै र अहिले नै बन्ने गरि भाषण दिए एमाले महासचिब शंकर र उनलाई हराउदै चुनाब जितेकी रेखाले । चुनाब जितेर गएपछि रेखा अहिले सन्चारमन्त्री भइसकेकि छिन । तर, ठेकेदारले कसैलाई टेेरि रहेको छैन । यो सडक आयोजनाको म्याद आउदो असार मसान्त सम्म छ । भारतिय तथ्य इन्जिनियरिङ कम्पनिले ठेक्का लिए पनि पालैपालो नेपालि निर्माण ब्यबसायिले पेटि ठेकेदारकारुपमा आउने र पछि काम गर्न नसकेर भाग्ने पुरानै चलन देखीएको छ । फोरलेनका नाममा रोडा, बालुवा निकाल्ने, पहाड उत्खनन गर्ने र क्रशरलाई माल बिक्रि गर्ने बाहेक अरु काम एक इन्च भएको छैन ।

SPONSORED

तत्कालिन समयमा पत्रे र कटुवाखोलाका स्थानिय पेटि ठेकेदारले स्थानीय प्रशासन त परै जावस । कसैलाई टेरेनन । अहिलेसम्म पुलको राम्रो संग काम भएको छैन । यसपाली नेपाल निर्माण ब्यबसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र रानाले आफै सहजिकरण गरेर बुटवलका निर्माण ब्यबसायी सुनिल रायमाझीलाई काम गर्न ल्याए ।

SPONSORED

तर, रायमाझीबाट पनि काम हुन सकेन । फोरलेनको ठेक्कामा पेटि निर्माण ब्यबसायीलाई घाटा लाग्ने भएकाले मुख्य भारतिय ठेकेदार नआउदासम्म कामले गति लिदैन । सन्चारमन्त्री शर्माले फोरलेन सडक निर्माणका लागि निरन्तर पहल भइराखेको बताईन । शर्माले भनिन-`हाम्रो मात्रै बिषय भएन, यो अन्तरास्ट्रिय बिषय भएकाले भन्ने बित्तिकै हुने कुरा भएन, ठेक्का तोडेर भएपनि काम गर्ने कुरामा मेरो पहल नीरन्तर भइरहेको छ, अहिले पेटिमाथी पेटि ठेकेदार थपिने कुरा मात्रै भयो, निर्माण ब्यबसायिकै सहजिकरणमा नयाँ पेटि ठेकेदार सम्हाल्ने कुरा हो, त्यो पनि खै अघि बढेको छैन, अर्थ, भौतिक पुर्बाधार मन्त्रीसंग पनि मेरो कुरा भइराखेको छ !´

hospital dang ghorahi