घोराही ।दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ठेक्का सम्झौता रद्द नहुने बताएका छन् । ‘पाटी परिवर्तन भयो, आर्थिक कुरा पनि मिलेन् र कागजी प्रक्रियामै भएकोले निर्माण कार्य अघि बढ्न सकेन् तर ठेक्का सम्झौता भने हुदैन् । केन्द्रिय सरकारले नै ठेक्का रद्द नहुने निर्णय गरेको छ । यो ठेक्काको म्याद असार मसान्तसम्म छ ।
हालसम्म ठेक्का सम्झौता रद्द हुने भने छैन्’-प्रजिअ रेग्मीले भने । काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कार्वाही हुन्छकी हुदैन् भन्ने प्रश्नमा प्रजिअ रेग्मीले कागजी प्रक्रियामै रहेकोले कुनै कार्वाही नहुने र ठेक्का रद्द पनि नहुने बताए ।
SPONSORED
राजनितिकरणमै अल्झिएको फोरलेन
फोरलेन सडकलाई चुनावी मुद्दा बनाएर चुनाव पनि जितेका छन् । तर चुनाव जिते पनि सडकले भने कुनै गति लिन सकेन् । यसरी जनप्रतिनिधिले जनताको आँखामा छारो हाल्ने काम बाहेक केही गरेको देखिदैन् । नेताहरु निर्वाचित भैसकेपछिको फोरलेनको पहिलो निर्णय समेत कार्यान्वयनमा ल्याउन असफल भएका छन् । नेताको झुठको खेतिबाट आमनागरिकले कहिलेसम्म सास्ती खेप्नु पर्ने हो ?
SPONSORED
SPONSORED