दाङ । वकिलहरुको साझा संस्था जिल्ला वार दाङका अध्यक्ष शिवप्रशाद घिमिरे आफै ठगिएका छन् । लामो समय कानुनि क्षेत्रमा वकालत गर्दै वारका हाल अध्यक्ष भएका घोराही १३ निवासि घिमिरे आफै ८४ लाख रुपैँयावाट ठगिएको वताए ।
वारका अध्यक्ष घिमिरेले ठगिमा केही दिन पहिले दाङ जिल्ला अदालतमा मुद्धा दर्ता पनि गरे । जिल्ला अदालतमा कार्यरत ४ नम्वरका जगतबहादुर पौडेलको एकल इलाशले ठगि अभियोगमा समातिएका भारतिय नागरीक सञ्जय कुमार शर्मालाई १५ लाख धरौटिमा लिई तारेखमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि उनि धरौटि बुझाएर छुटेका छन् । सञ्जयले देउखुरीमा आधारशिला सिमेन्ट उद्योग मलमला रहेको र आफ्नो सिमेन्ट कम्पनिको शेयर धनिसहीत मालिक रहेको भन्दै घिमिरेलाई सो सिमेन्ट कम्पनिको शेयरधनि बनाउने भन्दै आफुलाई विश्वासमा पारेर सो रकम ठगि गरेको पिडित घिमिरेले गुनासो गरे । उनले अदालतले पनि पिडकलाई धरौटि लिई छाडिदिएपछि न्याय नपाएको पनि बताए । प्रहरी अनुसन्धानकोक्रममा ठगि गर्ने भारतिय नागरीकको नाममा कुनै पनि कम्पनि नरहेको, शेयर पनि नभएको, प्रमाणपत्र नभएको भेटिएको थियो । भारतिय नागरीक सञ्जयले शेयरधनि बनाउने नाममा घिमिरलाई विश्वासमा पारेर उनिवाट नगद र चेकवाट गरेर ८४ लाख असुलेका थिए । प्रतिवादिले अदालत, प्रहरीमा अपराधि स्विकार गरेको र ठगिको अभियोगमा ७ वर्ष कैद र ३० हजार जरीवाना हुने मुद्धामा पिडकलाई धरौटिमा छोड्नुले अदालतवाट न्याय पाउने आश नै मरेको अर्का अधिवक्ता प्रदीप गौतमले बताए ।
SPONSORED
मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को दफा ६७ –२ ‘ख’ मा १ बर्ष भन्दा बढि सजाय हुने अभियोगमा बिदेशी नागरिक संलग्न रहेकोमा धरौटिमा नछुट्ने कानुनि ब्यवस्था भएकोमा अदालतवाट कानुन नै उलङ्घन गरीएको गौतमले बताए । ठगी आरोपितले अधिकार प्राप्त अनुसंन्धान अधिकारी र अदालतमा ५० लाख आफुले लिएको स्वीकार गरिसकेको अबस्थामा र बिगो ८४ लाख रहेको मुद्दामा १५ लाख धरौट लिइ तारेखमा छोड्नुले पिडित जाहेरवालाको रकम जोखिममा परेको उनले बताउदै भारतिय नागरिकलाई यसरि तारेखमा छोड्दा भोलि आरोपीले तारेख छोडी भारतमै बसेमा नेपालमा ल्याइ कारवाही गर्न सक्ने कुनै कानुनी ब्यबस्था नरहेको अबस्थामा यसरी बिगो भन्दा न्यून धरौटीमा छोडिनु राम्रो कुरा नभएको अधिवक्ता गौतमको दावि छ ।
SPONSORED
SPONSORED