दाङमा सत्ता गठबन्धनलाई स्थानिय तहको चुनावमा जस्तै अन्तरघातको डर, सुरुदेखी दाङ काग्रेसकोे राजनितिमा खनाल भर्सेस घिमिरे परीवारको टक्कर

डिवि खड्का

दाङ । यहि आउदै गरेको मंसिर ४ गतेको चुनावको चर्चा÷परीचर्चाहरु सुरु भएका छन् । सत्तारुढ गठवन्धनलाई काग्रेसको भोट पुरै ट्रान्सफर नहुने हो कि भन्ने चिन्ता छ । दाङमा पनि तिन वटै निर्वाचन क्षेत्रमा काग्रेस नै निर्णायक बनेको छ । गएको स्थानिय तहको चुनावमा सत्तारुढ गठवन्धनवाट घोराहीको मेयरमा माओवादिवाट उम्मेद्वार बनेका हेमराज शर्मा डाइमण्डले काग्रेसकै मत पुरै ट्रान्सफर नहुँदा चुनाव हार्न पुगे । घोराही १४, १५सहीत बजार क्षेत्रमा माओवादिवाट पिडित भएका काग्रेसिहरुको अलि वाक्लो बस्ति छ ।

SPONSORED

काग्रेसीहरुले स्थानिय तहको चुनावमा भोट नदिएर हराएपछि सत्तारुढ गठवन्धन काग्रेसको भोट ट्रान्सफर हुँदैन कि भन्ने झस्केको छ । त्यति मात्रै होइन्, काग्रेसवाट उपमेयरमा उम्मेद्वार बनेका भुपबहादुर डाँगि पनि पराजित बन्न पुगे । काग्रेसको गढ मानिएको घोराही १५, १४, ५, १० मा एमाले र काग्रेसको वरावरीको हारहारीमा मत आयो । एमालेले आफ्नो पकड बनाएको वडामा पनि काग्रेसले थोरै मत पायो । गठवन्धन गरेको मन नपराएका काग्रेस र स्वतन्त्र ब्यक्तिहरुले र काग्रेस भित्रको अन्तरविरोधकै कारण डाइमण्ड र भुपबहादुरले चुनाव हार्न पुगे । डाइमण्डले आफ्नो माओवादि निकट विश्वासिलो पत्रकार गिरीराज नेपालिमार्फत रातोपाटि अनलाइनमा संविधान सभा सदस्य तथा अहिले दाङ क्षेत्र नम्वर २ क का प्रदेश सभा सदस्यका उम्मेद्वारा राजु खनालले चुनाव हराएको भनेर समाचार लेखाए ।

SPONSORED

यद्यपि, काग्रेस बृत्तमा पनि उपमेयरको हारको विषय पनि काग्रेस भित्रकै नेताहरुमाथि आरोप छ । काग्रेसका नेता खनाल पनि स्वयम घोराही १५ कै र भुपबहादुर पनि घोराही १५ मै लामो समयदेखी बस्दै आएकोमा सोही वडावाट सोचेअनुरुप मत किन नआएको भन्ने प्रश्न रहष्यमय नै छ । काग्रेस नेता खनाल पहिले संस्थापन इतरका नेता हुन । उनि धेरैपछि मात्रै संस्थापन पक्ष शेरबहादुर देउवा तिर खुले । खनाल काग्रेसभित्र टिकट धेरै ल्याउने नेता भित्र पर्छन् । एकचोटि काग्रेसको लहरको वेला संविधान सभा सदस्यको चुनाव जिते । त्यो वेला उनि पहिलो पटक चुनाव लडेका थिए । त्यसपछि वाम गठवन्धनवाट तत्कालिन समयमा उम्मेद्वार बनेका माओवादि नेता कृष्णबहादुर महरासंग खनालले चुनाव हारे । उनि अहिलेको चुनावमा पनि संघमा सिफारीस भए । संघमै चुनाव लड्न चाहन्थे । तर, महराले अन्तिमसम्म दावि नछोडेपछि खनालले प्रदेश पनि छोडेनन् । उनले आफुले जसरी पनि संघकै टिकट ल्याउने कार्यकर्ताहरुसंग भनिरहन्थे । तर, उनि माओवादिले दावि नछोड्ने अवस्था बनेपछि प्रदेशकै टिकट पनि खोसेर ल्याए । काग्रेस भित्र गृहमन्त्रि वालकृष्ण खाँडसंग नजिक छन् । खाँडकै जोडवलमा प्रदेशको टिकट ल्याएर पार्टिभित्र आफु पावरफुल रहेको शन्देश काग्रेस बृत्तमा देखाइदिए । जवकि देउवाकै खेमावाट मुख्यमन्त्रि पाउने सर्तमा काग्रेसकै केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे दाङ क्षेत्र नम्वर २ क वाट प्रदेश सभा सदस्यमा भिड्न चाहन्थे ।

SPONSORED

आफ्ना ठुलदाई, त्यसमा पनि काग्रेस भित्रको राजनितिमा सिनियर, अनुभवि नेता भएकाले पनि यसअघि प्रदेशमै भिडेका कमल किशोर घिमिरे र किरण किशोर घिमिरे आफ्नो दावि छाडेर तिन भाई मिलेर टिकट ल्याउन चाहन्थे । विगतमा आफ्नो गुमेको राजनितिक साख फीर्ता ल्याउने चाहना थियो घिमिरे परीवारको । तर, खनालले टिकट ल्याएर देखाईदिएपछि पार्टिभित्रको हैसियतमा घिमिरेहरु खुम्चिन पुगेको देखीयो । काग्रेसकै केन्द्रिय सदस्य कृष्णकिशोर, प्रदेशकै काग्रेसकै सह महामन्त्रि खगराज पाण्डेलाई राजनितिकरुपमा पाँखा लगाएर अहिलेको गनना गर्दा तिन पटक पार्टिवाट टिकट ल्याउन सफल भए । काग्रेसकै महाधिवेशन प्रतिनिधि गोपालराज शर्मा एक नम्वरमा प्रदेशमा सिफारीसमा परेपनि त्यसको कुनै अर्थ देखीएन् । काग्रेसभित्र शर्मा पनि अवसर नपाएकै नेताभित्र पर्छन् ।

काग्रेसभित्र पटक–पटक टिकट पाएर अवसर पाउने नेताहरुमा खनालको नाम अग्रपङक्तीमा नै आउछ । काग्रेसकै गएको जिल्लाको अधिवेशनमा काग्रेस नेता खनालले देउवा गुटको लिड नै गरे । खनालले देउवा समुहकै जानकिलाल बस्नेत र भुपबहादुर डाँगीलाई मिलाउनुको साटो आपसमै जिल्ला सभापतिमा लडाईदिए । जिल्ला सभापतिको चुनावको लागि सस्थापन इतरवाट शंकरप्रशाद डाँगि दौडमा थिए भने देउवा पक्षवाट बस्नेत, डाँगि र कमलकिशोर घिमिरे चुनावि मैदानमा थिए । कमलकिशोर यसअघि किर्तिबहादुर खड्कासंग जिल्ला सभापतिको चुनावमा हारेका हुन् । कुनै वेला खुमबहादुर खड्काको जिल्लादेखी केन्द्रसम्मको राजनितिक हलचलको वेला खड्काले जिल्ला सभापतिको चुनावमा कमलकिशोरले खुलेयाम चुनौति दिए । युवा पङक्ती नै सभापति हुनुपर्छ भन्नेको पार्टिभित्र अभियान चलाउने र उम्मेद्वारी दिने नेताभित्र पर्छन कमलकिशोर । तिन जना जिल्ला सभापतिले उम्मेद्वारी दिएकोमा किर्तिबहादुर पहिलो निस्कीए, त्यसपछिको दोस्रोमा कमलकिशोर आए । तर, खनालले दोस्रो आएका घिमिरेलाई जिल्ला सभापतिको चुनावमा सहयोग नगरेको घिमिरे पक्ष निकट कार्यकर्ताहरुको बुझाई छ । खनाल र कमलकिशोरको त्यहिवेला देखी नै राजनितिक पेचिलो बन्न पुग्यो । खनालले चुनावमा सहयोग नगरेपछि कमलकिशोरले चुनाव हार्न पुगे । चुनाव हारे पनि कमलकिशोरले गएको प्रदेशको चुनावमा वाम गठवन्धन बनाएर प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्रि बनेका शंकर पोखरेलसंग चुनावमा भिडे । तर, वाम गठवन्धन भएकाले पनि चुनाव जित्न सकेनन् ।

गएको स्थानिय तहको चुनावमा भुपबहादुरलाई काग्रेसवाट मेयरमा सर्वसम्मतरुपमा कमलकिशोरले आफै प्रस्ताव गरे । गठवन्धन भएकाले माओवादिका कृष्णबहादुर महराले मेयरमा माओवादिको दावि रहने बताएपछि राजु र महराकै सल्लाहमा भुपबहादुर उपमेयरमा झरे ।चुनावको अघिल्लो दिनसम्म राम्रै माहोल र चुनाव जितेका भुपबहादुर चुनावमा भोट हाल्ने दिन हार्न पुगे । काग्रेसको गएको जिल्ला अधिवेशनकैक्रममा संस्थापन इतरतिर रहेका घोराही १५ का पार्टिका वडा सभापति प्रकाश श्रेष्ठ(लाला) अन्तिममा गुट वदलेर खनाल क्याम्पमा छिरे । काग्रेसको दाङ क्षेत्र नम्वर २ क को प्रदेश सभापतिको चुनावमा संस्थापन इतरका दुर्गा घर्तिलाई खनाल समुहका प्रकाशले चुनाव हराए । काग्रेसको घोराहीकै नगर चुनावमा पनि काग्रेसका नेता श्रीधर महराले खनाल समुहवाट टिकट मागे । तर, त्यो समुहवाट टिकट दिएनन् । अन्तिममा उनि संस्थापन इतरतिरवाट नगरको उप सभापतिमा लडे । गएको प्रदेशकै आम चुनावमा हारेका कमलकिशोर घिमिरेको नाम यसपालि पार्टिको प्रदेश कमिटिले एक नम्वरमा नाम सिफारीस गर्नुपर्नेमा त्यो गरेन् । कमलकिशोरको नाम तिन नम्वरमा सिफारीस भयो । त्यतिमात्रै होइन्, काग्रेसको राजनितिमा सिनियर प्रदेशकै सहमहामन्त्रि खगराजकै एक नम्वरमा सिफारीस गर्नुपर्ने, त्यो पनि भएन । अन्तिममा खनालले आफ्नो विरोध नहोस भनेर संघ नपाए प्रदेशमा टिकट ल्याउने गरी सुरुदेखी नै रणनिति बनाए । खनालले आफुले टिकट पाए एक नम्वरमा सिफारीस भएका गोपालराज शर्माले विरोध नगर्ने गरी आफ्नै खेमामा रहने गरी उनलाई नै पहिलो नम्वरमा सिफारीस गर्न लगाए । गोपालराज शर्माको पहिलो नम्वरमा सिफारीस उनकै समुहवाट पार्टिको प्रदेश सभापतिको चुनाव लडेका प्रकाशले गरे । खनाल निकट काग्रेसकै महाधिवेशन प्रतिनिधि वद्री खड्काले गोपालराज शर्माले टिकटका लागि चर्को लविङ गरे ।

खनालले टिकट पाएपछि वद्रीले गोपालराजलाई फेरी आफै थामथुम पारे । त्यतिमात्रै होइन्, काग्रेसको जिल्ला अधिवेशनमा देउवा र संस्थापन इतर समुह बनाएर चुनाव लडे । खनाल र भुपबहादुर एउटा समुह वन्यो, अनि त्यसमा केही खुमबहादुर निकट नेताहरु पनि जोडिए । तर, खुमबहादुर समुहका राम्रै नेताहरुले जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा हार्न पुगे । भुपबहादुर काग्रेस भित्र राम्रै पकट जमाएका नेतारुमा पर्ने भएपनि खनाल खुलावाट महाधिवेशन प्रतिनिधिमा आउने, अझ त्यसमा पनि पपुलर मत प्राप्त गर्ने ठुलो उत्कट इच्छा थियो । आफ्नै समुहका भएपनि त्यसका वाधक थिए भुपबहादुर । भुपबहादरलाई कोटावाट लडाएर आफु खुला महाधिवेशन प्रतिनिधिमा लडे । चुनाव पहिलो नम्वरमै जिते । जिल्ला सभापति लड्नेलाई खुलावाट हराउन सक्ने भन्दै भुपबहादुरलाई कोटावाट लडाएका थिए खनालले । भुपबहादुर कोटावाट लड्दा उनिसंग नजिक रहेका काग्रेसकै नेता श्याम सुवेदी र रणबहादुर पछाई महाधिवेसन प्रतिनिधि हारे । त्यतिमात्रै होइन्, काग्रेसकै पुर्व जिल्ला सभापतिहरु घनश्याम रेग्मी, विरकेश्वरी गौतम, भरतबहादुर न्यौपानेले पनि महाधिवेशन प्रतिनिधिमा हार वेहोरे । गएको स्थानिय तहको चुनावमा पनि काग्रेस दाङका जिल्ला उप सभापति गिरीराज सुवेदिले वडा सदस्यमा हारे । घोराही ४ वाट सुवेदि जिल्ला समन्वय समिति दाङको सभापति हुने आश्वासन सहीत काग्रेसवाट वडा सदस्यमा चुनाव हारे ।

त्यो हारको आरोप सुवेदि निकट नेताहरुले संस्थापन समुहलाई लगाएको छ । त्यस्तै घोराही १७ वाट काग्रेसकै जिल्ला सदस्य किरण रेग्मीले वडा सदस्यमा चुनाव हारे । रेग्मीको दाउ पनि जिल्ला समन्वय समितिको सभापति हुने थियो । संस्थापन समुहले दुवैलाई हराएर व्रेक लगाएको काग्रेसभित्र चर्चा छ । यो संगसंगै घोराही खानेपानिको चुनावमा पनि काग्रेसवाट वागि उम्मेद्वारी दिएको भन्दै काग्रेसकै नगर सभापति तिलक रावत, क्षेत्रीय सभापति भिमप्रकाश खड्का, प्रदेश सभापति प्रकाश श्रेष्ठ लालाले तिन जनालाई कारवाही गरीएको विज्ञप्ती जारी गरे । खानेपानिकै चुनावका कारण काग्रेसकै सकृय सदस्य मिनेश श्रेष्ठ, काग्रेस घोराही १४ का वडा सचिव दिपक श्रेष्ठ, राजकुमार प्रधानलाई पार्टि सदस्यता नरहने गरी कारवाही समेत गरीयो । तर, घोराही १७ को चौघेरा खानेपानीको चुनावमा राजुलाल शर्मा र जरा विचको अध्यक्षको प्रतिष्पर्धामा काग्रेसको वडा सभापति बुझौना चौधरीले आधिकारीक पार्टिको उम्मेद्वार भनिएका राजुलालको विरुद्धमा उम्मेद्वारी दिएका जराले काग्रेसकै क्षेत्रीय, नगर, प्रदेश समितिले कारवाही गर्ने आट देखाउन सकेन । कुनै पनि कारवाही समेत गरेन ।

दाङ क्षेत्र नम्बर २ मा जसरी पनि आगामी निर्वाचनमा जित निकाल्न खोजेको एमालेले यो क्षेत्रको बंगलाचुली गाउँपालिका माथि नजर गाडेको छ। यो क्षेत्रका दुई स्थानीय तह मध्ये घोराही उपमहानगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एकल पकड जमाएको एमालेले आसन्न निर्वाचनमा पनि यो उपमहानगरको मत आफ्नै पक्षमा हाबी हुने देखेको छ।

तर निर्णायक मत रहेको बंगलाचुली गाउँपालिकामा गत स्थानीय तहको निर्वाचनमा कांग्रेस एमाले गठबन्धनले बनाएको बलियो ‘गढ’ भत्काउन सके मात्रै सहज जीत एमालेका रहन्छ नै। यो पालिकामा एमाले वडा देखि पालिका नेतृत्व सम्म शून्य जीतको अवस्थामा रह्यो। फलतः एमालेले यो पालिकामा आफ्नो कसरतलाई बलियो पारेको छ। त्यसो त, एमालेका महासचिव शंकर पोख्रेल यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले पनि एमालेको पुरै शक्ति यसै क्षेत्रमा केन्द्रीत छ।

तर क्षेत्र २ को निर्णायक मानिएको आफ्नो गढलाई कुनै पनि हालतमा भत्कन नदिने गरि कांग्रेस माओवादी मत बचाउमा लागेका छन्। यो क्षेत्रको गठबन्धनको साझा मतलाई जोगाउन सके मात्रै जीत काफी देखेका सत्ता गठबन्धनमा आवद्ध दलहरु मत खोसिन नदिने रणनीतिमा लागेका छन्। ‘गठबन्धनका पक्षमा स्थानीय तहको निर्वाचनमा खसेको मत हाम्रो जीतका लागि काफी हुन्छ,’ कांग्रेस क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काले भने ‘त्यो मतलाई सुरक्षित राख्छौँ र आगामी निर्वाचनमा गठबन्धनको जीत निकाल्छौँ।’ गत स्थानीय तहको वडागत मत परिणामलाई हेर्ने हो भने दाङ क्षेत्र नम्बर २ मा एमाले भन्दा गठबन्धनको मत झण्डै तीन हजारले बढि देखिएको छ। एमालेवाट दाङ क्षेत्र नम्वर २ क मा उम्मेद्वार बनेका वलिभद्र राना मगरले आफ्नो चुनावि दौड ब्यापक बनाएका छन् । काग्रेसभित्र अहिले अन्तरघातकै डर छ । रानाले चुनावि माहोल आफ्नो पक्षमा पार्न सबै निति अख्तियार गरेका छन् ।

जिल्लाको क्षेत्र नम्बर २ मा मात्रै हैन, गत स्थानीय तहको निर्वाचनमा प्राप्त वडागत मतलाई हेर्ने हो भने जिल्लाका तीन वटै क्षेत्रमा एमाले भन्दा गठबन्धनको मत बढि छ। स्थानीय तहमा देखिएको मतभारलाई जोगाउन सके मात्रै जिल्लाका सबै क्षेत्रमा सहज जीत हुने गठबन्धनमा आवद्ध दलहरु ढुक्क देखिएका छन्। फलतः उनीहरुले निर्वाचनमा एकले अर्को दलको अस्तित्व स्वीकार्ने गरी भुमिका निर्वाह गरिरहेका छन्। यो क्षेत्रमा गत स्थानीय तहको वडा गत मतलाई हेर्ने हो भने गठबन्धनको भन्दा एमालेको मत २५ हजार मतले कम छ। गठबन्धनमा आवद्ध दलहरु अहिले यहि मतान्तरलाई जोगाउनका लागि लागि परेका छन्। यो क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले एकरएक सिट भागबण्डा गरेका छन्। प्रतिनिधिसभामा नेकपा एस, र प्रदेशसभा क्षेत्र एकरएक वटा कांग्रेस र माओवादीको भागमा परेको छ।

गत स्थानीय तहको निर्वाचनमा गठबन्धन कार्यान्वयन त्यति मजबुत नभएको टिप्पणी गठबन्धनमा आवद्ध दलहरुका बीचमै भयो। कांग्रेसका उम्मेदवारलाई माओवादी वा गठबन्धनमा आवद्ध अन्य दलले नदिएको तथा माओवादी वा अन्य दलका उम्मेदवारहरुलाई कांग्रेसीहरुले मत नदिएको विश्लेषण गठबन्धनमा आवद्ध दलहरुका बीचमै भयो। स्थानीय तहको निर्वाचनमा देखिएको त्यो कमजोरीलाइ सच्याएर मजबुत गठबन्धन निर्माणका लागि अहिले उनीहरु प्रतिवद्ध देखिएका छन्। तर, चुनावकै विचमा काग्रेस नेता खगराजले यसअघि नै वङ्गलाचुलिका सपना तुहाउन आफुलाई टिकट नदिएको गम्भिर आरोप लगाएका छन् । त्यस्तै काग्रेसकै अर्का नेता कमलकिशोरले पार्टिमा धेर थोर आफ्नो प्रश्न, गुनासो रहेको भन्दै समयक्रममा पार्टि नेतृत्वसंग हिसाव किताव गर्ने सामाजिक सञ्जालवाट चेतावानि दिएका छन् ।

साभार ः जनताटाइम्स अनलाइनवाट

hospital dang ghorahi