
यहि मंसिर ४ गते संघ र प्रदेशको चुनाव हुँदैछ । सबैजसो ठुला तथा साना पार्टिहरुले आ–आफ्ना उम्मेद्वार अघि सारेर चुनावि मैदानमा उतारीसकेका छन् । दाङको विकासको वारेमा चौतर्फीरुपमा छलफल वहसहरु भैरहेका छन् ।
सत्तारुढ दल र विपक्षी नेकपा एमालेसहीतका दलहरुले चुनावि प्रचारमा आफुले काम गरेका एजेण्डाहरु ल्याएका छन् । तर, दाङको विकासले सोचेअनरुप गति लिन नसकेको सत्य कुरा हो । २०६४ सालदेखी निरन्तर कुनै न कुनैरुपमा नेकपा माओवादि केन्द्रका नेता कृष्णबहादुर महरा सत्तावरपर रहे । तर, सभामुख, गृहमन्त्रि, अर्थमन्त्रि भइसक्दा पनि दाङको विकास गेम चेन्जर किसीमको कुनै काम हुन नसकेको सत्य कुरा हो । सामान्य कालोपत्रे पिच, खानेपानि, विद्युत, विद्यालय बन्नुलाई नै विकासको मुल आधार मान्ने हो भने विगतमा पनि यि कामहरु भएकै हुन् । जनप्रतिनिधि विहिन हुँदा पनि कर्मचारीहरुले यि कामहरु आफनै रफ्तारमा चलाइ रहेका थिए । काग्रेसले बुटवल लगेर फालेको अस्थायि राजधानि तत्कालिन मुख्यमन्त्रि शंकर पोखरेलले दाङको भालुवाङ ल्याउन पहल गरेकै हो ।
SPONSORED

त्यसमा पनि माओवादि र पश्चिमतिरका काग्रेस सांसदहरुको पनि भुमिका रह्यो । खासगरी नेतृत्व तहले यसको जस लिने कुरा स्वाभाविक मानिन्छ नै । राजधानिको एजेण्डालाई कार्यान्वयन गर्ने कुरामा एमाले र माओवादिको तत्कालिन सरकार नेकपा र पछि एमालेको केही महीनाको एकल सरकार र त्यसपछि माओवादि नेतृत्वको काग्रेस र जसपाको सरकारले आलटाल गरेकै हो । रोल्पाकै मुख्यमन्त्रि, रुकुमकै सभामुख, दाङका मन्त्रि हुँदा पनि राजधानि कार्यान्वयनमा गठवन्धन सरकारको फीतलो प्रस्तुति हो नै । त्यतिमात्रै होइन्, आफैले भालुवाङ सारेका मन्त्रालयको काम बुटवलवाट हुने गरेको कुरा पनि सञ्चारमाध्यममा आए । त्यो पनि सत्य कुरा हो । जनताले राजधानि कार्यान्वयनमा गठवन्धन सरकारको फीतलो काम देखेकै छन् । नेकपा हुँदा स्थायि राजधानि तोकिसकेपछि चुनावको मुखमा राजनितिक एजेण्डा बनाउने गरी सार्ने तयारीमा तत्कालिन मुख्यमन्त्रि थिए । राजनिति भजाउन खोज्दा र आफ्नै एकल सरकार पनि यो प्रदेशमा एमालेले धानिखान नसकेको यथार्थ हो । विगत ८–१० वर्षको समयावधिमा घोराहीको कटुवाखोला पुल बन्न सकेन् । अझै पनि पुल राम्रोसंग बन्न सकेको छैन् । एउटा पुल, सडक बन्न दशकौ वर्ष लाग्नुको कारण के हो ? ।
SPONSORED

समयमै काम गर्न नसक्ने निर्माण ब्यवसायिप्रति तत्कालिन सरकारहरु निरीह हुँदा नै जनतामा विकासको सन्दर्भमा नेताका गफ मात्रै भए भन्ने कुरा बुझेका छन् । दाङ साच्चै भन्ने हो भने नेपालगञ्ज र बुटवलको हारहारीमा अझै विकास नै भएको छैन् । एउटा गतिलो विमानस्थल छैन । राजनितिक जस लिने होडवाजिले यहाका विकासका गतिविधिहरु पुरै ठप्प छन् । ठुला विकास निर्माणका योजनामा साझा प्रतिवद्धता नै छैन । जम्मै राजनितिक होडवाजिकै छ । ब्यक्तिकै पहलमा काम भए भन्ने खालको लेख्न, भन्न सबैलाई हतारो छ । त्यतिमात्रै होइन्, सबैले भन्नुपर्ने अवस्था आएको छ । विगतका सरकारले फोरलेन काम नगरेको, विभिन्न वहाना वनाएर नजर अन्दाज गरेको कुरा सबै वाहीर आएकै छन् । तर, गठवन्धन सरकार पनि त्यो कुरा अछुतो रहेन् । गठवन्धन सरकार पनि फोरलेन बनाउन भन्दा पनि राजनितिक प्रचारवाजिमा ज्यादा देखीयो । एक वर्षको विचमा गठवन्धन सरकारको नत फोरलेनमा कुनै प्रगति छन । न त, विमानस्थलको लागि कुनै बजेट ल्याउन सकेको छ । पछिल्लो पटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले राजनितिक खिचातानिको विचमा आफ्नो सेवा गुणस्तर बनाउदै लगेको छ । निशुल्क प्रसुति सेवा लगायत सेवामा गुणस्तर कायम गर्ने कुरामा प्रकृयाहरु अघि बढेका छन् ।
SPONSORED

केही दिन अघी प्रतिष्ठानको वार्षिकोत्सवमा पनि गठवन्धन सरकारले वजेटमा घोषणा गर्ने, तर, रातो कितावमा नहालि दिएको कुरा मुल नेतृत्वले सार्वजनिकरुपमा भाषण गर्नुपर्ने अवस्था देखीयो । प्रतिष्ठानलाई पनि पर्याप्त बजेट दिएको देखीएन् । त्यसैले अहिले हामिलाई खोक्रा भाषण चाहीएको होइन् । कुनै पनि वहानामा आफ्नो स्वार्थ सिद्दी भएन भने बजेट नै नदिने राजनितिक परम्परा तोड्न जरुरी छ । आफनै घर आगनमा अस्पताल, विद्यालय, कलेजहरु खोल्ने कुरामा विशेष ध्यान दीनुको साटो जम्मै राजनितिक गर्ने मनसाय प्रकट हुनु कुनै पनि राजनितिक दलका लागि हितकर छैन् । हामिलाई अवको नेतृत्व फोरलेन सडकको निर्माण ब्यवसायिसंग ठेक्का तोडेर नयाँ ठेक्का लगाउने र एक वर्षको विचमा परीणाम निकाल्न सक्ने नेतृत्व चाहीएको छ । केन्द्रमा प्रभाव पारेर बजेट हाल्न सक्ने नेतृत्व चाहीएको छ । खालि जिल्ला नवनाउने, आफ्नो क्षेत्र नवनाउने, ठुला गफ मात्रै दिने नेता चाहीएको छैन् । हिजोका दिनमा काग्रेसवाट केन्द्रिय राजनिति हल्लाउन सक्ने दम भएको नेता स्व.खुमबहादुर खड्का गनिएकै हुन् । अहिले काग्रेसको नेतृत्व केन्द्रीय तहमा हस्तक्षेप गर्ने खालका् निर्माण हुन सकेको छैन । खुमबहादुरले कुनै वेला दाङको विकासको नेतृत्व गरेकै हुन् । त्यो कुरा समग्र दङ्गालिमा जगजाहेर नै छ ।
त्यसैले कुनै खालको गफ, राजनितिक गालिगलौज भन्दा राजनितिकरुपमा इमान्दारीता, जनतासंग भिज्ने नेतृत्व र विकासका लागि केन्द्रमा लड्ने नेतृत्व चाहीएको छ । पटक–पटक एउटै अनुहार, संघ, प्रदेशमा एउटै ब्यक्तिलाई टिकट भन्दा पनि अवसर आएको वेला काम गरेर देखाउने नेताको आवश्यक छ । नयाँ नेतृत्वलाई पनि स्थापित गर्ने र उसलाई पनि जिम्मेवारी बनाृउने नेतृत्व अहिलेको प्रमुख आवश्यक्ता बनिसकेको छ ।