दाङ । नेकपा एमालेले यसपाली दाङ क्षेत्र नम्बर २ क बाट जनजाती समुदायबाट घोराही १८ निबासी बलिभद्र रानालाई चुनाबी मैदानमा उतारेको छ ।
उनि चुनाबी नतिजा निकाल्नमा खप्पिस नै मानीन्छन । चुनाबी रणनितिमा पोख्त मानिने राना घरदैलोमा ब्यस्त छन । कांग्रेस भित्रको असन्तुष्टिमा असाध्य नै खेल्न माहिर छन राना । टिकटका लागि कांग्रेसकै केन्द्रिय सदस्य कृष्णकिसोर घिमिरे र सह महामन्त्री खगराज पाण्डे निकै लागि परे । दुबै जना रिङबाट आउट भए । दुबैलाई पन्छाउदै कांग्रेस प्रदेश उप सभापती राजु खनालले ल्याएर आए । खनालको नाम पार्टीको तल्लो कमिटिबाट प्रदेशमा सिफारिस थिएन् ।
SPONSORED
उनको नाम संघमा कांग्रेसबाट सिफारिस थियो । कांग्रेस भित्रबाट नै संघमा सिफारिस भएका नेताहरु प्रदेशमा झर्न नहुने कुरा चलीरहेकै थियो । तर, खनालले प्रदेशमै झर्न तयार भए । अनि टिकट पनि ल्याएर आए । कांग्रेस भित्रको राजनितिमा घिमिरे र पाण्डेलाई एक प्रकारले साइड नै लगाइ टिकट ल्याएर देखाइ दिए । पार्टी भित्रको राजनितिक पहुँच देखाउदै टिकट ल्याए । कांग्रेस भित्र बालकृष्ण खाडसंग खनालको बिशेष सम्बन्ध छ । खाड लुम्बिनी प्रदेशको राजधानि सार्न नहुने पक्षमा खुलेयाम अभिब्यक्ति दिदै आएका छन । खनाल यसअघि संविधान सभा सदस्य भइसकेका ब्यक्ति हुन । खनाललाई पार्टीको महाधिबेेेशन, टिकट बितरण, स्थानिय तहको चुनाबको राजनितिले घेराबन्दिमा छन। खनाललाई कांग्रेसमा दाङ २ ख भन्दा क मा राजनितिक घेराबन्दि छ । उनि यसअघि २०७४ को चुनाबमा कृष्णबहादुर महरासंग प्रतिनिधि सभ सदस्यमा हारेका हुन ।
SPONSORED
उनि ठुलै रिस्क नै लिएर प्रदेशको चुनाबमा होमिएका छन । रानाले दाङ २ क को केन्द्र बिन्दु रहेको बङ्गलाचुलिमा स्थानीय तहको चुनाबमा खटेरै पार्टिको पक्षमा लागे । पार्टीको पक्षमा नतिजा ननिकाले पनि बिगतको भन्दा चौबल मत रानाले स्थानिय तहको चुनाबमा बढाए । यसमा उनको ठुलो योगदान छ । राना एमाले भित्र महासचिब शंकर पोखरेलको बिश्वासिलो ब्यक्तिकोरुपमा चिनिन्छन ।
SPONSORED
दाङ २ क मा मगर समुदायको बाक्लो बस्ति छ । जनजाती समुदायबाट नै राना उम्मेद्वार बनेकाले त्यसको लाभ उनले उठाउने छन । बङ्गलाचुलिमा, घोराही १९, घोराही १३, घोराही १४ मा जनजातीको बर्चश्व नै छ । घोराहि १७ मा पनि थारु समुदाय अधिक नै छ । घोराहि १८ मा पनि जनजातिको उपस्थिति राम्रै छ । रानाले आफुलाई घोराही १५ मा पनि ब्यक्तिगत मत तान्ने गरि लागि परेका छन । नेवार समुदायमा उनको बलियो उपस्थिती छ । रानाले घोराही १९, १५ मा धेरै नै सुुधार गरेर आफ्नो जनमत बलियो बनाएका छन ।
एमालेले त्यो मत क्यास गर्न रानालाई नै सर्बसम्मत उम्मेद्वार बनाएको हो । अरु उम्मेद्वारको तुलनामा रानाले आफ्नो माहोल बनाउदै र तताउदै लगेका छन । यसअघि पनि एमालेबाट प्रत्यक्ष उम्मेद्वारका लागि १ नम्बरमा दाङ २ क मा सिफारिस भए । अन्तिममा उनि एमाले महासचिब पोखरेल दाङ २ क बाट उठेपछि ब्याक भए । एमाले र माओबादी एक भएपछि राना प्रदेशको जनजातिबाट समानुपातिकमा १ नम्बरमा परेर बन्द सुचिमा पर्न सफल भए । नेकपा बिभाजनपछि राना शंकर पोखरेलकै पक्षमा उभिए । एमाले बिभाजन भई माधब नेपालले अर्को पार्टी बनाउदा पनि एमालेको संगठन बिस्तारमा होमिए । एमालेमा राना पार्टीको प्रदेश कमिटि सदस्यको जिम्मेवारीमा छन ।
एमालेको रास्ट्रिय महाधिबेशन प्रतिनिधिमा पनि निर्बिरोध चयन भए । समाजिक काममा पनि राना सकृय छन । बिभीन्न सामाजिक संघ सस्थाको नेतृत्व दायी भुमिकामा बसेर कुशलतापुर्बक जिम्मेवारी उनले सम्हालि सकेका छन । दाङ निर्माण ब्यबसायी संघमा चुनाब र सर्बसम्मत सबैभन्दा धेरै कार्यकाल अध्यक्ष भएर रानाले नै चलाए । नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष भएर अहिले रानाले काम गरिरहेका छन । उनि मिलनसार, सहयोगि नेताकारुपमा परिचित छन । बिगतमा घोराहीको मेयर भएर काम पनि उनले गरे । निर्माण क्षेत्रमा लामो समय काम गरेकाले बिकास निर्माणमा उनको कार्यदक्षता नै छ ।