
दाङ । नेकपा एमालेका लोकप्रिय नेता, दाङ २ क बाट प्रदेश सभा सदस्यका बलियो दाबेदार बलिभद्र रानाले कांग्रेस नेता बालकृष्ण खाडको बलमा टिकट ल्याउने राजु खनालले दाङमा राजधानी सार्न नसक्ने बताएका छन ।
अनलाईनसंगको कुराकानीमा राना मगरले भने- जस्को बलमा टिकट ल्याएको छ, उसले आदेश पालना मात्रै गर्ने हो, राजु खनालले खाडकै बलमा टिकट ल्याएका हुन, अहिले खाड राजधानी ल्याउन नदिनका लागि ठुलै शक्ति प्रयोग गरिरहेका छन, खनालमा राजधानी सार्ने दम नै छैन, खाडकै आदेश मान्ने हुन ।´
SPONSORED

उनले आफु चुनाब जितेर गएर तीन महिना भित्र राजधानीका सबै संरचना स्थायी राजधानिमा सार्ने बताए । उनले घोराहीको कटुवाखोला पुल नबनाउने र म्याद थपका लागि धेरौ दौडधुप खनालले गरेको आरोप लगाए । अहिलेसम्म त्यो पुलको काम सम्पन्न नभइसकेको पनि उनले बताए । उनले आफुले जितेर गएमा फोरलेनको ठेक्का सुरुमै कालोसुचिमा राखेर तोड्ने बताए ।
SPONSORED

खाडको बलमा कांग्रेस केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे र प्रदेशका सह महामन्त्री खगराज पाण्डेलाई साइड लगाएर टिकट हत्याएका हुन । कांग्रेस भित्र अहिले चरम असन्तुष्टि देखीन्छ । खगराज बलियो उम्मेद्वार भएपनि अन्तिममा टिकट पाएनन् । सिनियर नेता भएका कृष्णकिशोर पनि बलिया नै उम्मेद्वार हुन ।
SPONSORED

अघिल्लो चुनाबमा पनि कांग्रेस नेता राजु खनालमाथि घोराहीको बहुचर्चित कटुवाखोला पुलको ठेकेदारलाई संरक्षण गरेको आरोप लागेको थियो । त्यो बिषयले निकै चर्चा पायो । उनलाई राजनितिकरुपमा घाटा लाग्यो ।