दाङ २ क को उम्मेद्वार चयनमा तिब्र असन्तुष्टि : कांग्रेस भित्र बिबाद सुरु, खगराज भन्छन- गुटबन्दिले मलाई उम्मेद्वार बन्नबाट बन्चित गरियो !

दाङ । कांग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री खगराज पाण्डे असोज २३ गते संघ र प्रदेशको चुनाबको लागि उम्मेद्वार मनोनयमा कतै देखा परेनन् ।

उम्मेद्वार मनोनयनमै सर्बाधिक उम्मेद्वार दाबी गरिएका र चर्चा गरिएका कांग्रेस नेताहरु नै नदेखीएपछि कांग्रेस भित्र बिवाद चरम उत्कर्षमा पुगेको छ । पाण्डेले पार्टी भित्र उम्मेद्वार चयनमा भएको गुटगत राजनीति र निषेधको राजनितिको बारे गम्भिर टिप्पणि गरेका छन । पाण्डे कांग्रेस भित्र हस्ति नेताकै रुपमा चिनिन्छन । सुरुदेखि उनि कोइराला समुहसंग नजिक हुन । उनको अभिब्यक्तिले २ नम्बर निर्बाचन क्षेत्रको राजनीति गरमा गरम र उथलपुथल नै हुने देखीएको छ ।

SPONSORED

पाण्डे सुरुदेखि नै संघमा उम्मेद्वार सिफारिस भएका कुनै पनि प्रदेशमा उठ्न नहुने र प्रदेशमा सिफारिस भएकाहरुबाटेै उम्मेद्वार छान्नु पर्ने मत राख्दै आए । उनको अभिब्यक्तिमा कांग्रेस भित्र धेरै नेताहरुले समर्थन जनाए । कांग्रेस दाङका पुर्ब सभापती बिरकेस्वरि गौत, कांग्रेस नेता भरतबहादुर न्यौपानेको मत पनि पाण्डेसंग मेल खान्छ । उनले आफुलाई उम्मेद्वार बन्न नदिन निकै छलछाम, षड्यन्त्र गरिएको आरोप लगाएका छन । उनि त्यतिमा मात्रै नअड्डियर आफ्नो राजनितिक हत्या गरिएको टिप्पणि समेत गरे । उनले कसैले दोहोर्याइ-तेहर्याई अवसर पाईरहने , कसैले पाँउदै नपाउने राम्रो कुरा नभएको पनि तर्क समेत गर्दै आए ।

SPONSORED

घोराही बजार र बङ्गलाचुलिमा राम्रो पकड उनको भएता पनि खनाल समुहले त्यो समुहलाई कमजोर समुह रहेको निष्कर्ष छ । खनाल समुहका एक जना नेताले चुनाबमा टिकट ल्याएर आईसकेपछि केही नेताका असन्तुष्टिले खासै फरक नपर्ने र आफुहरुले भारी मतले चुनाब जित्ने दाबी गरे ।

SPONSORED

त्यति मात्रै नभई कांग्रेस केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरेले पनि प्रदेशको दाबी गरेर अन्तिमसम्म लबिङ गरे। तर, अन्तिममा उनको नाम काटियो । जसरि पनि एउटा टिकट पाउने गरि कांग्रेस महाधिबेशन प्रतिनिधि किरण किशोर घिमिरे र कमलकिशोर घिमिरे लागि परे । आफ्नो टिकटका लागि उनका दाजु समेत रहेका कृष्णकिशोर समेत लागि परे । उम्मेद्वार मनोनयनमा कृष्णकिशोर नै देखा परेनन ।

hospital dang ghorahi