
दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री खगराज पाण्डेले आफुलाई षड्यन्त्र गरेर कांग्रेसबाट उम्मेद्वार बन्न नदिएको आरोप लगाएका छन । कांग्रेसबाट दाङ २ क को प्रदेश सभा सदस्यमा खगराज पाण्डे बलियो दाबेदार भएपनि अन्तिममा टिकट पाएनन् । पाण्डेको बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरमा बिशेष पकड छ । खनाललाई पाण्डेले सुरुदेखि नै प्रदेशमा नझर्न सुझाब दिदै आएका थिए ।
खगराज पाण्डेको सामाजिक सन्जालमा आफ्नै अभिब्यकति
SPONSORED

साथीहरु निर्वाचनको उमेदवारको मैदान बाट म बाहिरिएको छु। मेरा धेरै शुभेच्छुक, समर्थक, सहयोगी र म प्रति गहिरो सहानुभूति र आत्मिय सद्धभाव राख्नु हुने तमाम साथीहरुको चाहना म यो पटक दाङ्ग जिल्ला प्रदेश सभा २( क) को प्रदेस सांसद मा उम्मेदवार बनोस र सबैले मतदान गरेर बिजयी गराउ भन्ने थियो भन्ने मैले महसुस गरेको छु। म दाङ्गको विकट बंगलाचुली बाट प्रतिनिधित्व गर्ने भएकाले बंगलचुलीलाई सुन्दर समृद्ध बनाउने चाहना र सपना थियो । मेरो सपना, सांसद बनेर ठुलो मान्छे बन्ने भन्दा पनि जनताको सेवक भएर काम गर्ने मेरो चाहना,बंगलाचुलीका गाउँ वस्तिका दुख पिडा, समस्या र जनताका दबिएको आवाजलाई बुलन्द गर्ने त्यो क्षेत्रको विकासको लागि ब्यापक दबाब सृजना गर्ने र यथार्थमै बंगलाचुलीलाई परिवर्तन गरेर देखाउने मेरो प्रतिबद्धता थियो तर दुर्भाग्य आज मलाइ बिभिन्न खाले षड्यन्त्र गरेर उम्मेदवार बन्न वाटै बन्चित गरिएको छ।मलाइ हर तरह वाट रोक्ने, छेक्ने , तह लाउने, मेरो राजनीतिक हत्या गर्ने र मलाई उम्मेदवार बन्न रोकेर बिशेष त (पहाडी बंगलाचुली) २(क) क्षेत्रको आवाज हरुलाई बन्द गर्न खोजियो । मलाई कुनै पद नपाएर दुख लागेको होइन मलाई क्षेत्र नं २(क) को सम्पुर्ण क्षेत्र साथै (दाङ्गको कर्णाली पहाड बंगलचुली)बदल्ने मेरो सपना मा ठेस लागेकोमा मन भारि भएको मात्र हो।मलाई पार्टि र पार्टीका नेता जो जहां पनि मै खाउ मै बनऔं सबै अवसर आफै लिउ भन्ने हरुले अन्याय र अपराध गरे। जनताले क्षेत्र नं २(क)मा बिकल्प खोजिरहेको र युवाले नयाँ नेत्तृत्व चाहेको र आम मतदाताले साझा व्यक्तित्व खोजिरहेको बेला मैले निर्वाचनको तयारि पनि सबै ढंगबाट गरेको पनि थिए तर अन्तिम समय सम्म पार्टिले अन्न्याय नगर्ला भन्ने मलाई लागेको थियो ।मेरो लागि राजनिति भनेको समाजसेवा हो भन्ने लागेर राजनीति सुरु गरेको हु मेरा लागि पद र सुबिधा ठुलो कुरा होइन म एउटा बिचार, सिद्धान्त , मुल्य मान्यता र आदर्श को लागि हिड्ने मान्छे हो। लडदै आएको मान्छे हो । तर आजको राजनिति अनैतिक, फटाह, चोरि, डकैति, बेइमानि, सत्ता र स्वार्थको लागि मात्रै बन्दै जान थालेको छ। यस्तो राजनिति सोचेर एकदमै बिरक्त पनि लाग्छ अहिले म माथि भएको घोर अन्याय, गम्भिर षड्यन्त्र, राजनितिक अपराध लाइ चटक्कै छोडेर चुपचाप बसौ जस्तो पनि लाग्छ तर यि यस्ता समस्या हरु बाट टाढा भागेर हिड्ने भन्दा पनि पार्टि भित्रै अन्यायको बिरुद्ध लड्नु, सबैलाइ न्याय र समान अवसरको लागि संघर्ष गर्नु पार्टि परिबर्तन, रुपान्तरण सुद्धिकरणको लागि पार्टि भित्रै बैचारिक लडाइ लड्दै अगाडि बढ्नु पर्छ भन्ने निष्कर्षमा पुगेको छु।आफ्नोहैसियत बिर्सेर जेभयपनि खाने जहाँ पनि आफै हुने सोच बढेको देख्दा भाबि पिढिको दसाकेहोला भन्ने चिन्ता लागेकोछ र माथी बात तल झर्ने प्रवृतिले नयाँ पुस्तामा निराशा थप्ने काम बाहेक अरु संगठनको लागि फाईदा हुने मैले देख्दैन । म (एक पटक यसै पटक ) चुनावको लडाइँमा उत्रने भन्ने मेरो गहिरो इच्छा,थियो । यस पटक मलाई जनताको माया र सहानुभूति साथै युवा साथिहरु को ब्यापक समर्थन को कारण चुनाव उठ्ने सम्पुर्ण तयारी हुँदा हुँदै पनि मेरो पार्टि र पार्टीका नेता जो आफ्नोहैसियत बिर्सेर जहाँ पनि आफै हुन खोज्ने हरुको कारण अन्नया पुर्ण निर्णयको कारण म चुनाब उठ्न बाट बन्चित बनेको छु। साथै पार्टी शुद्धीकरण को लागि थप उर्जा र हौसलाका साथ पार्टी भित्रै अन्यायमा परेका आम कार्यकर्ता, पिडा भोगिरहेका साथिहरुको न्यायको लडाइ लड्दै अगाडि बढ्ने सङ्कल्प गर्दछु । न्याय, समान अवसर र शुद्धीकरण को अभियान जारि रहनेछ्।
अन्त्यमा मलाइ टिकटका निमित सहयाेग गर्ने पार्टीका साथीहरु शुभेच्छुक, समर्थक, सहयोगी र म प्रति गहिरो सहानुभूति र आत्मिय सद्धभाव राख्नु हुने तमाम साथीहरु लाइ हार्दितापूर्वक धन्यवाद ब्यक्त गर्दछु।🙏🙏🙏
जय नेपाल !
SPONSORED

खगराज पाण्डेय
सह – महामन्त्री
नेपाली कांग्रेस लुम्बिनी प्रदेश
SPONSORED
