दाङ । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उप सभापती राजु खनालले आउने मंसिर ४ गतेको चुनाबमा संघ र प्रदेश कहाँबाट चुनाब लडने कुरा पार्टीले गर्ने निर्णयमा भरपर्ने बताएका छन ।
उनले आफ्नो दाबी संघमै यथावत रहेको र समानुपातिकको बन्द सुची पेश भइसकेपछि सिट बाडफाड आधिकारिकरुपमा टुङ्गाे लाग्ने बताए । अहिलेसम्म कुन क्षेत्र कस्कोमा पर्ने भन्ने बारे अन्तिम टुङ्गाे नलागिसकेकाले छलफलमै रहेको भन्दै नेता खनालले प्रदेशमा लड्ने नलड्ने भन्ने बारे छलफल नै नचलेको बताए । संघको टुङ्गाे लागीसकेपछि प्रदेेेशको पनि टुङ्गाे लाग्ने भएकाले पार्टीले संघ वा प्रदेेेश जहाँ लड्ने भनेर टुङ्गाे लगाउने निर्णय सर्ब स्विकार्य रहेको बताए ।
SPONSORED
कांग्रेस जिल्ला उप सभापती गिरिराज सुबेदिले आफुहरुले संघमा लड्ने ब्यक्ति तल प्रदेशमा झर्न नहुने र नयाँ फ्रेसलाई चुनाबमा उतार्न पार्टीलाई सुझाब दिइरहेको बताए ।
SPONSORED
उनले गठबन्धन कारण संघमा टिकट नपाएको खण्डमा प्रदेश उप सभापती राजु खनाल र केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरेको पनि प्रदेशमा दाबी गरिरहेको बताए । प्रदेशमा अन्य नेताहरुको दाबी पनि त्यत्तिकैरुपमा रहेकाले संघमा उठेका नेताहरुले घुमाउरो पारामा पार्टीले जहाँ भनेपनि चुनाब लड्ने आशय ब्यक्त गरेकाले टिकटको लबिङ् तिब्र चलेको बताए ।
SPONSORED
दाङ २ क बाट प्रदेशमा गोपालराज शर्मा, खगराज पाण्डे, दुर्लभ केसि, कुलराज खनालले पनि दाबी गरेका छन । खनाल र घिमिरे मुख्यमन्त्री पाउने सर्तमा उनिहरु प्रदेशमा झर्ने गरि दाबी गरिरहेका छन । कांग्रेसले सुरुमै मुख्यमन्त्री घोषणा गरेर जान्छ कि जादैन भन्ने चर्चाको बिषय छ । दाङ २ बाट माओबादिका कृष्णबहादुर महरा उठ्ने बताइ सकेका छन ।