बलिभद्र राना
एमालेवाट दाङ क्षेत्र नम्वर २ क तर्फ प्रदेश सभा सदस्यको सर्वसम्मत उम्मेद्वार
SPONSORED
SPONSORED
दाङ २ क वाट प्रदेश सभा सदस्यमा एमालेवाट सर्वसम्मत उम्मेद्वारकोरुपमा सिफारीस भएकोमा तपाईलाई वधाई तथा शुभकामना ?
SPONSORED
नेकपा एमालेले यसपालि मलाई सर्वसम्मतरुपमा दाङ क्षेत्र नम्वर २ क बाट प्रदेश सभा सदस्यको उम्मेद्वारका लागि नाम सिफारीस गरेकोमा पार्टिलाई धन्यवाद दिन चाहन्छु । सर्वसम्मत उम्मेद्वारा बनाउन सहयोग तथा समन्वयसहीत सद्भाव ब्यक्त गर्नुहुने हाम्रो पार्टि एमालेका महासचिव शंकर पोखरेलसहीत जिल्ला इञ्चार्ज नरुलाल चौधरी, पार्टि जिल्ला अध्यक्ष हुकुम बस्नेत,सचिव मनोहर बुढाथोकिसहीत पार्टिका सम्पुर्ण जिल्ला पदाधिकारी, जिल्ला सदस्य, सचिवालय सदस्य एंव केन्द्रिय सदस्यसहीत प्रदेश कमिटि सदस्य, नगर अध्यक्ष लगायत सबैलाई विशेष धन्यवाद एंव आभार प्रकट गर्न चाहन्छु । अव सबैसंग चुनावमा सहकार्य गरेर जान पनि चाहन्छु ।
एमालेकै महासचिव शंकर पोखरेल चुनाव लडेर जितेको प्रदेश निर्वाचन क्षेत्र तपाइले रोज्नु भयो, चुनाव जित्ने आधारहरु के–के हुन ?
तपाईले भनेकै जस्तै हाम्रो पाटिका महासचिव आदरणिय नेता शंकर पोखरेल चुनाव लडेर जितेको प्रदेश निर्वाचन क्षेत्र भएकाले यो क्षेत्र सबै आम जनचासोको विषय बनेको छ । त्यो स्वाभाविक नै ठानेको छु । महासचिवले चुनाव जितेको निर्वाचन क्षेत्र भएकाले हामि अहिले पनि यो क्षेत्र सजिलै जित्छौ नि । विगतमा पनि अहिले खासगरी बङ्गलाचुलि क्षेत्रमा एमालेको पकड नै वलियो बन्दै गएको छ । अघिल्लो स्थानिय तहको चुनावमा एमालेको मत १५ सयको हारहारीमा थियो । अहिले गएको स्थानिय तहको चुनावमा एमालेको मत बढाएर ३ हजार ७ सय पुर्याएका छौ । म आफै नै त्यो क्षेत्रको इञ्चार्ज बनेर आइसकेपछि केही न केही पहलहरु भएका छन् । सत्तारुढ गठवन्धन माओवादि र काग्रेसको मिलाएर ५ हजार मत थियो । एक्ला एक्लै लडेको भए हाम्रो पाटि एमालेले चुनाव जितथ्यो नै । माओवादिले आधार इलाकाकारुपमा लिने बङ्गलाचुलि पहिले जस्तो रहेन । हामि त्यहा छिरेपछि माओवादि निकै कमजोर भइसकेको छ । चुनावमा हारेका काग्रेसका वलियो पकड राख्ने प्रदेश उपसभापति, पार्टिका वडा अध्यक्ष, सदस्यहरु थुप्रै मेरो र पार्टिका जिम्मेवार नेताहरुको समन्वयमा प्रवेश गराएका छौ । अहिलेपनि एमालेमा प्रवेश गर्ने लहर नै चलेको छ । जनजाति समुदायको वलियो पकड र वाहुल्यता यो प्रदेश निर्वाचन क्षेत्रमा रहेको छ ।
म आफैमा जनजाति समुदायको भएकाले त्यहाका जनताका समस्याहरु नजिकवाट नियाल्न पाएको छ । बङ्गलाचुलिसंग मेरो विशेष सम्वन्ध नै छ । पछिल्लो पटक हामिले माओवादि नेतृ तथा गाँउपालिकाकि निवर्तमान उपाध्यक्ष यमुना थापा मगरसहीतका माओवादि नेताहरुलाईपनि प्रवेश गराइसकेका छौ । काग्रेस र माओवादिवाट एमालेमा प्रवेश गर्नेको थुप्रै ठुलो पङक्ती नै छ । बङ्गलाचुलिसंग मेरो पारीवारीक सम्वन्ध नै छ । अरु भन्दा धेरै कुरा त्यहाका जनताको वारेमा बुझेको छु । खानेपानिसहीत विभिन्न विकासका पुर्वाधार बनाउन एमाले महासचिव शंकर पोखरेल मुख्यमन्त्रि भएको वेला बजेट हाल्न लगायौ । शंकर पोखरेलले थप्रै बजेट हाल्नु भएको छ । म चुनाव जितेर गएमा त्यहा विकासको लहर नै ल्याउछु । त्यतिमात्रै नभई तत्कालिन समयमा घोराहीको मेयर हुँदा पनि विभिन्न सामाजिक संघ संस्थासंग समन्वय गरेर काम गरेको छु । बजार क्षेत्रवाट पनि मलाई अत्याधि मत आउछ ।
म ढुक्क नै छु । हाम्रो पाटिका महासचिव अहिले दाङ क्षेत्र नम्वर २ वाट संघतर्फ उठ्ने निश्चित हो । त्यसकारण दाङको भविष्य कोर्न सक्ने, भोलि प्रधानमन्त्रि बन्न सक्ने ब्यक्तित्व भएकाले पनि शंकर पोखरेललाई दङ्गालिले जिताउनुपर्छ । अरु पाटिले जितेर दाङको विकासमा योगदान नै गर्न सक्दैन । जति शंकर पोखरेलले चुनाव जितेर गएमा दाङको विकास गर्नुहुन्छ, त्यो अरुवाट हुँदैन् । काग्रेसले लगेको राजधानि पनि शंकर पोखरेलको एकल प्रयासले नै दाङको भालुवाङ आएको हो । काग्रेसले नै राजधानि बुटवल लगेको हो । यो त सबैलाई थाहै छ । राजधानि घोषणा हुनु नै पुर्वाधार विकासको चरणको सुरुवात हो । केही समय पहिले काग्रेसको नेता बालकृष्ण खाँडले पनि प्रदेश सभा नसार्न निर्देशन दिनु, त्यसमा पनि दाङवाट प्रतिनिधित्व गर्ने काग्रेसका नेताहरु नवोल्नु भनेको काग्रेस र माओवादि स्थायि राजधानिमा संरचना सार्न तयार छैनन भन्ने स्पष्ट शन्देश दिएको छ ।
तपाईलाई किन जिताउने ?
दाङको विकास त्यसमा पनि पहाडि भेग बङ्गलाचुलिको विकासको लागि मसंग स्पष्ट खाँका र योजना छ । बङ्गलाचुलिलाई पर्यटकिय स्थलकारुपमा पनि विकास गर्न सकीन्छ । भोलिका दिनमा मगर ग्रामकारुपमा पर्यटकको ध्यान खिच्ने गरी पुर्वाधार बनाउन सकेको खण्डमा त्यहाको विकास गर्न सकीन्छ । विजुलि, शिक्षा, खानेपानि, सडकको पहुँच पुर्याउन मैले विशेष पहल गर्ने छु । सबैको सहयोग पाएको खण्डमा म चुनाव जित्नेमा शतप्रतिशत नै ढुक्क छु । अर्को कुरा एमालेले सर्वसम्मत उम्मेद्वार बनाएर सकारात्मक शन्देश र उर्जा पैदा गरेको छ । मसंग प्रतिष्पर्धा गर्ने विपक्षी पार्टि काग्रेस र माओवादिले अझै उम्मेद्वार नै टुङ्गो लगाउन सकेको अवस्था छैन । काग्रेसवाट ७ जना भन्दा बढि प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यमा आकाङ्क्षि छन् ।
उम्मेद्वार नै छान्न काग्रेस र माओवादिलाई गाह्रो छ । त्यहा उम्मेद्वार नै छान्न विवाद छ । एकपटक मलाई जनताले काम गर्ने अवसर दिन्छ । जनताले दिने एक पटकको अवसरलाई मैले पुर्णरुपमा सदुपयोग गर्नेछु । पहिले पनि म एमालेवाट प्रत्यक्षतर्फ एक नम्वरमा नै सिफारीस भएको थिए । अहिले चुनावमा सर्वसम्मत उम्मेद्वारले पार्टिले बनाउदा धेरै नै खुसि छु । तत्कालिन समयमा एमाले र माओवादि गठवन्धन भएपछि हाम्रो पाटिका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्वर २ क वाट उम्मेद्वार बन्ने भएपछि म समानुपातिक सभाषदको एमालेवाट उम्मेद्वार बनेको थिए ।