दाङ । नेकपा एमालेले दाङ क्षेत्र नम्वर २ प्रदेश सभा ´क`मा बलिभद्र रानालाई सर्वसम्मत उम्मेद्वार बनाएको छ ।
एमाले महासचिब शंकर पोखरेलको निर्बाचन क्षेत्र दाङ २ क बाट यसपाली प्रदेश निर्माण ब्यबसायी महासंघका अध्यक्ष समेत रानालाई निर्बिरोध सिफारिस गरेको हो ।
प्रदेश ´क`का संयोजक भानसिङ बुढाको अध्यक्षता एवं पोलिटब्यूरो सदस्य नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रानालाई प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको एमालेका प्रदेश कमिटि सदस्य तिरन गौतमले जानकारी दिएका छन् । यसअघि पनि २०७४ सालको प्रदेशको चुनाबमा पनि राना एमालेबाट एक नम्बरमा सिफारिस भएका थिए ।
SPONSORED
पोखरेल दाङ २ क बाट चुनाब लडेपछि घोराहीका मेयर समेत भइसकेका राना प्रदेशको जनजाती कोटाबाट एक नम्बरमा समानुपातीक सभाषदको उम्मेद्वार बनेका थिए । एमालेले रानालाई सर्बसम्मत सिफारिस गरेपछि उनि बलियो उम्मेद्वार बनेका छन ।
SPONSORED
चुनाबमा जनजाती समुदाय र पार्टी बाहिर पनि प्रभाब पार्न सक्ने भएकाले रानालाई एमालेले सर्बसम्मत उम्मेद्वार बनाएको हो । बिभीन्न सामाजिक संघ सस्थामा पनि उनले राम्रो जिम्मेवारी निर्बाह गर्दै आएका छन ।सामाजिक क्षेत्रमा पनि उनको सकृयता राम्रो छ। पोखरेल यसपाली दाङ क्षेत्र नम्बर २ बाट संघमा चुनाब लड्दैछन ।
SPONSORED