संघ र प्रदेशको चुनावलाई विथोल्न खोज्ने समुहलाई कानुनि दायरमा ल्याउछौ– नयाँ प्रहरी प्रमुख वीर बहादुर ओली

घोराही । भर्खरै दाङ सरुवा भएर आएका नयाँ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने सवालमा कसैसंग सम्झौता नगर्ने वताएका छन् । उनले कानुनसंग टकराउन खोज्ने जो कोहीलाई पनि कानुनि दायरामा ल्याई छाड्ने चेतावानि दिए । आफु कुनै कसैको प्रभावमा नपरेर काम गर्ने भन्दै एसपि वलिले मातहतका प्रहरी युनिटहरुलाई पनि अनियमीतता, वेथिति विरुद्ध शुन्य सहनशिलता अपनाउने बताए ।

उनले प्रहरीसंग चिनजानको नाममा कसैले गलत काम गर्ने प्रहरी र ब्यक्तीलाई पनि आफुले नछाड्ने बताए । दाङ जिल्लामा क्रियाशिल संचारकर्मीहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै उनले शान्ति सुरक्षा कायम गराउन आफुले सकेजति कुनै कसर वाँकि नराख्ने पनि बताए । आउने संघ र प्रदेशको चुनावलाई शान्त, मर्यादितरुपमा सम्पन्न गर्नका निमित्त लागि पर्ने भन्दै चुनाव विथोल्न खोज्ने समुहलाई कानुनि दायरामा ल्याउने बताए ।

SPONSORED

SPONSORED

hospital dang ghorahi