दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य,युबा नेता घोराही १४ निबासी बलिभद्र रानाले आफ्नो जन्मदिनका अवसरमा नयाँ कार्यको सुरुवात गर्ने घोषणा गरेका छन् ।
जन्मदिनलाई सिर्जनात्मक र रचनात्मक गराउने उदेश्यले दाङसहित प्रदेश भरी पहिलोपटक नयाँ कार्यको सुरुवात गर्ने घोषणा गरेका हुन । घोराहीका पुर्ब मेयर तथा नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका रानाले जन्मदिनको अवसरमा पार्टी कार्यकर्ता संरक्षण कोषको शुभारम्भ गर्ने बताएका हुन् । उनले सहयोग रकम भने सल्लाह गरेर घोषणा गर्ने बताए । यो अभियानमा आफ्नै नेतृत्वमा अन्य नेता, कार्यकर्ता, जनप्रतिनिधीसहित ब्यबसायी र शुभेच्छुकलाई जोडेर बृहत कोष बनाईने रानाले बताए ।
SPONSORED
पार्टी भित्रका असहाय, अशक्त, गरिब नेता, कार्यकर्ताको उपचारमा थोरै भएपनि सहयोग पुर्याउने उदेश्यले आफ्नो सोचमा यो कोष स्थापना हुन लागेको बताए । सहयोग रकम पार्टीका नेताहरुको उपस्थितिमा हस्तान्तरण गर्ने समेत बताए ।
उक्त कोषमा अन्य पार्टी निकट ब्यबसायिहरुले सहयोग गर्ने प्रतिबद्धता गरेको पनि उनले सुनाए ।
उक्त कोषको रकम परिचालनको लागि कार्यविधि निर्माण गरि अप्ठ्यारोमा परेका कार्यकर्तालाई सहयोग गर्ने उद्देश्य हुने रानाले बताए । उनि अहिले राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानको जग्गा ब्यबस्थापनका लागि गठित नवलपुर बहुउदेश्शिय सरोकार समितिको अध्यक्षको जिम्मेवारी लिएर कृयाशिल छ । बिभिन्न सामाजिक संघ सस्थाहरुमा जिम्मेवार पदमा बसेर लामो अनुभब पनि संगालेका छन ।
SPONSORED
SPONSORED