६ वटा मध्य ५ वटामा गिरि समुहको बर्चस्व !
दाङ । कांग्रेस केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री दिपक गिरि आफ्नो गृह जिल्ला दाङमा बलियो देखीएका छन ।
SPONSORED
नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत दाङमा सम्पन्न निर्वाचन परिणामलाई हेर्दा गिरिले नेतृत्व गरेको सस्थापन इतर समुहले बलियो पकड कायम राखेको हो । स्व. खुमबहादुर खड्काकै क्षेत्रमा पनि गिरि समुहले जितेको छ ।
खुमबहादुर समुह र पार्टी सभापती शेरबहादुर देउबा निकट सस्थापन समुह दाङमा पुरै कमजोर देखिएको हो । कांग्रेसको दाङका ६ वटा प्रदेशको चुनाबको मतगणनाको नतिजा हेर्दा पार्टीको पाँच वटा प्रदेश निर्बाचन क्षेत्रमा गिरि समर्थित समुहको बलियो पकड रहेको छ । गिरिले आफ्नै निर्बाचन क्षेत्र दाङ क्षेत्र नम्बर ३ मा पार्टीको प्रदेश निर्बाचन क्षेत्र क को प्रदेश सभापतिमा देबेन्द्रप्रसाद रिजाल, ख को प्रदेश सभापतिमा खिमबहादुर वलि, निर्बाचन क्षेत्र १ नम्बर देउखुरीको ख को प्रदेश सभापतिमा दिनेश गिरि, क को प्रदेश सभापतिमा श्रीपद चौधरी र कांग्रेसको दाङ क्षेत्र नम्बर २ ख को प्रदेश सभापतिमा अभियान बस्नेतले जितेका छन भने सुरुमा सस्थापन इतर समुहमा रहेका हाल सस्थापन इतर तिर लागेका प्रकाश श्रेष्ठले चुनाब जितेका छन । श्रेष्ठले १ सय ६८ र उनका निकटतम प्रतिद्वन्द्वि दुर्गा जिएमले १ सय २८ मत प्राप्त गरेका थिए । सस्थापन समुहले जितेको २ क को प्रदेश सभापतिका लागि पनि निकै कडा प्रतिष्पर्धा देखीएको थियो । अब आउने संघ अन्तरगतको क्षेत्रको चुनाब मंसिर ६ गते हुँदैछ भने जिल्ला अधिबेशन मंसिरको १० गते हुने भएको छ ।
SPONSORED
SPONSORED