दाङ । कांग्रेस नेता तथा लुम्बिनी प्रदेशका पर्यटन बिकास मन्त्री डिल्लि चौधरीको भालुबाङमा रहेको मन्त्रालय नाम मात्रैको रहेको छ ।
उक्त मन्त्रालय यसअघि तत्कालीन मन्त्री हरिप्रसाद रिजालले भालुबाङमा राखेर स्थापना गरेर काम सुरु गरेका थिए । तत्कालिन शंकर पोख्रेल नेतृत्वको सरकार ढलेपछि नयाँ प्रदेश सरकारमा मन्त्री भएर पुगेका मन्त्री चौधरीले मन्त्रालय नै बुटवल नै सारेका छन । मन्त्रालयका मुख्य कर्मचारी कोहि पनि नरहेपछि अहिले भालुबाङको मन्त्रालय सुनसान बनेको छ ।
SPONSORED
कुनै चहलपहल मन्त्रालयमा देखिदैन । चौधरीले मन्त्रालयको कामकाज सबै बुटवलबाट गर्दै आएका छन । स्थायी राजधानी दाङको भालुबाङबाट मन्त्रालय सारेर बुटवल लगेपछि मन्त्री चौधरीको आलोचना भएको छ । उर्जा तथा जलस्रोत राज्यमन्त्री अर्जुन श्रेष्ठले सो मन्त्रालयको कामकाज अहिले बुटवलबाट भइरहेको बताए । दाङ सबै मन्त्रालय ल्याउनु पर्नेमा दाङ आएको मन्त्रालय बुटवल जानु दुुखद पक्ष भएको बताए ।
SPONSORED
उनले मुख्यमन्त्री कुलप्रसाद केसिलाई आफुले सबै मन्त्रालय स्थायी राजधानी लैजान ध्यानाकर्षण गराइरहेको भन्दै यो सरकारले स्थायी राजधानी मन्त्रालय सबै नसारे जनताले बिश्वास नगर्ने र लाजमर्दो अबस्था हुने बताए । उनले छिट्टेै आफ्नो मन्त्रालयको कर्मचारी सबै ल्याएर स्थायी राजधानिमा ल्याउने बताए । तत्कालिन मुख्यमन्त्री पोख्रेलले आफ्नो कार्यकालमा स्थायी राजधानी दाङ घोषणा गर्न सफल भएका थिए ।
SPONSORED
तर, स्थायी राजधानी भालुबाङमा मन्त्रालय सार्न पोख्रेलले आफ्नो कार्यकालमा सकेनन् । राजधानी घोषणा गर्दा तत्कालिन नेकपा र पश्चिम तिरका कांग्रेसका प्रदेश सभा सदस्यहरुले दाङ राजधानीको पक्षमा भोट हालेका थिए ।