घोराही, जेठ ३१ । घोराही-तुलसिपुर सडकखण्डमा पर्ने निर्माणाधिन पत्रे खोला पुलमा गतिलो डाइभर्सन बनाउन दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले निर्देशन दिएका छन ।
SPONSORED
यी हुन पत्रे खोला पुल निर्माणको जिम्मा लिएका निर्माण ब्यबसायी पदम शर्मा !
SPONSORED
निर्माणाधिन पुल नजिकैको कजवेयमा खाल्टा खुल्टि हुदा सर्बसाधारण, सवारीसाधनलाइ आवतजावतमा समस्या हुँदै आएको छ । अहिलेको डाइभर्सन जिर्ण हुदा समस्या उत्पन्न भएपछि प्रजिअ पौडेलले चासो ब्यक्त गर्दै आज नै सडक डिभिजन कार्यालयका प्रमुखलाई फोन गरेर तत्काल जनताको मागलाई ध्यानमा राख्दै डाइभर्सन मर्मत गरेर चालु अबस्थामा राख्न निर्देशन दिएका हुन ।
SPONSORED
पत्रे खोलामा पुल भन्दा पहिला खाल्टा खुल्टी पुर्न जरुरी रहेको भन्दै बर्खायाममा आवतजावतमा झनै समस्या हुने भएकाले तत्काल चासो दिन सामाजिक सन्जालमा दबाब अभियान नै चलाइएको छ । पुल निर्माणमा ढिलाई हुदा सर्बसाधारणले सास्ती बेहोर्नु परेको छ ।
प्रजिअ पौडेलले आफुले सडक कार्यालयको प्रमुखलाई एकै दिन वा दुइ दिन भित्र सबै काम गर्न निर्देशन दिइसकेको र सडक कार्यालयको प्रमुखले तीन दिन भित्र गतिलो कजवेयसहित डाइभर्सन बनाउने प्रतिबद्धता जनाएकाले यो कुरा पुरा हुने बिश्वास ब्यक्त गरे । पत्रे खोलाको पुल बनाउने जिम्मा शंकर मालि निर्माण कम्पनिले लिएको छ ।
स्थानिय पेटि ठेकेदारकोरुपमा नेपाली कांग्रेस घोराही १५ का उप सभापती घोराही निबासी पदम शर्माले लिएका छन । यसअघि उनै शर्माले घोराही-लमहि जोड्ने मुख्य सडकको सदरमुकाम प्रबेशद्वारको रुपमा रहेको कटुवाखोला पुलको निर्माण पाच बर्षसम्म पनि सकेका थिएनन् । चौतर्फि दबाब बिच जिल्ला प्रशासन कार्यालय दाङकै सकृयतामा उक्त पुलको धेरै काम सकिएको हो। पुल निर्माण भइ सन्चालनमा आएपनि केही काम बाकी नै रहेको छ । निर्माणमा ढिलाई गरेपछि सो निर्माण कम्पनिको भुक्तानी जिल्ला प्रशासन कार्यालय दाङले सडक डिभिजन कार्यालयलाई पत्र लेखेर रोकेको थियो । काममा तिब्रता दिएपछि काम अनुसार धेरैपछि मात्रै भुक्तानी सडक कार्यालयले गरेको थियो । सत्तारुढ दल नेकपा एमाले सरकारमा रहदा देखि नै उक्त पुलको समयाबधि थपिदै आएको छ ।