दाङ,
१४-वैशाख/ कोरोना संक्रमण बढ्दै गएपछि दाङमा यही बैशाख १७ गते देखी ९ दिन लकडाउन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी, स्थानिय प्रशासन, सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरु बिच आज घोराहीमा भएको बैठकले बैशाख १७ गते देखी २५ गते सम्म जिल्लाभर लकडाउन गर्ने निणर्य भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए।
दैनिक कोरोना संक्रमितहरु बढ्न थाले सँगै चौतर्फिरुपमा तत्काल लकडाउन गरि नागरिकको जीवन रक्षा गर्नु आवाज उठ्दै आएपछि स्थानीय प्रशासनको सकृयतामा लकडाउन गर्ने निर्णय भएको हो । बैशाख १७ गते बिहान ६ बजे देखी २५ गते बेलुका ६ बजे सम्मका लागि पहिलो चरणमा लकडाउन गर्ने निणर्य भएको हो । खाद्यान्न पसल भने दैनिक विहान ६ बजेदेखी ७ बजे सम्म खुल्नेछ ।
यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाईएको छ । साथै बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डि अस्पताललाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय वेडको बनाउने निणर्य गरेको छ ।
यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आईसोलेसन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आईसोलेसन बनाउने निणर्य भएको छ ।
SPONSORED
त्यसैगरी, कोरोना माहामारीको लागी खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासीक डेढ लाख रुपैयाँका दरले र गाउँपालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निणर्य पनि भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
दाङमा कोरोना कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।
SPONSORED
SPONSORED