घोराही । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा तत्काल लकडाउनको सम्भाबना नरहेको जनाएको छ ।
ठुला शहरमा ५ सय कोरोना संक्रमितको सख्या पुगेपछि स्थानीय प्रहरी प्रशासनले निषेधाज्ञ लगाउने सक्ने भएपनि लकडाउन गर्ने गरि कुनै तयारी नभएको प्रशासनको भनाइ छ । दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबि रानाले तत्काल कुनै निषेधाज्ञ र लकडाउन नसोचिएको बताए । उनले लकडाउन तत्काल सम्भब नरहेको पनि बताए ।
SPONSORED
दाङका प्रजिअ दिर्घनारायण पौडेल बिदा लिएर पारिवारीक काममा काठमाडौं गइसकेका छन । उनि आफ्नै घर परिवारको सदस्यको बिहेको तयारीका लागि बिदा लिएर काठमाडौं पुगेका छन ।
SPONSORED
SPONSORED