घोराही, चैत ६ । दाङ जिल्ला उद्याेग बाणिज्य संघको बिशीष्ट सदस्यमा दाङका युबा ब्यबसायि सन्तोष सोनि मनोनित भएका छन । दाङ जिल्ला उद्याेग बाणिज्य संघको शुक्रबार घोराहीमा बसेको कार्य समितिको बैठकले संघ बिशीष्ट सदस्यमा सर्बसम्मतरुपमा सोनिलाई मनोनित गरेको हो । संघले मनोनित गर्ने २ जना बिशिष्ट सदस्यमा कांग्रेस र नेकपा एमालेले भागबण्डा गरेका हुन ।
कांग्रेस निकट प्रजातान्त्रि उद्याेगि ब्यबसायी संघबाट बिशिष्ट सदस्यका लागि ब्यबसायी श्रीधर धिताल, माया पोखरेल, छबि गिरि, टंक पोखरेल सहितको चर्चा चलेपनि अन्तत् सोनि मनोनितको सुचिमा परेका हुन । बिशिष्ट सदस्यमा मनोनित सोनि बिभिन्न सामाजिक संघ सस्थाको नेतृत्वदायी जिम्मेवारीमा रहेर महत्वपुर्ण भुमिका रहेर काम गरिसकेका छन। उनि हाल राप्ती अञ्चल जडिबुटी ब्यबसायी सस्थाको अध्यक्षको जिम्मेवारीमा छन ।
त्यस्तै बामपन्थिबाट बिशिष्ट सदस्यका लागि युबा निर्माण ब्यबसायी बलिभद्र रानालाइ संघका निबर्तमान अध्यक्ष नारायण भुसाल, पुर्ब अध्यक्ष धुर्बराज श्रेष्ठ भारीले सिफारीस गरेपनि पछि मित्रदेब अधिकारिले बाजि मारे । तत्कालिन प्रचण्ड-नेेपाल पक्षबाट सिफारीस भएका मित्रदेेब नेेकपाा बिभाजित भएसंगै ओलि पक्षमा लागेका थिए । नेकपा ओलि पक्ष दाङको जिल्ला कमिटि सदस्य भएसंगैै उनि अहिले संघको बिशिष्ट सदस्यमा मनोनित भएका हुन ।
SPONSORED
झण्डै २ महिनाको रस्साकस्सिपछि संघको कार्य समिती बैठकले बिशिष्ट सदस्य मनोनयन गरेको हो । बिशिष्ट सदस्यमा मनोनितमा सिफारीस भएका रानाको पुर्ब माओबादी निकट संघका महासचिब महेन्द्र बुढाथोकिसहित केहि ब्यबसायिले बिरोध गरेका थिए । रानालाई ल्याएमा आफ्नो भुमीका कमजोर हुने भन्दै पुर्ब माओबादी पक्षका केहि ब्यबसायीले अनौपचारीक ढङ्गले बिरोध गरे । पुर्ब माओबादीका नेताहरु जिबन गौतम र हेमराज शर्मा डायमण्डको राजनितिक दबाबमा उनि निकट रहेका महासचिब बुढाथोकिमार्फत रानालाई बिशीष्ट सदस्यमा रोक्न लागि परेका थिए । राना आफै बिशिस्ट सदस्यमा आउन अनिच्छा देखाएपछि ओलि पक्षले जिल्ला सदस्य मित्रदेबलाई सिफारीस गरेको थियो ।
SPONSORED
संघको निर्बाचन समयमा कांग्रेसबाट श्रीधर धिताल र तत्कालिन नेकपाबाट अगुवा निर्माण ब्यबसायी बलिभद्र रानालाइ ल्याउने सहमतीमा संघका अहिलेका अध्यक्ष टंकसिंह बुढाथोकिले प्रतिबद्धता जनाएका थिए । त्यसपछि बिशिष्ट सदस्यको आकाङ्क्षि बढेपछि छान्न धौधौ परेको थियो ।
SPONSORED
तर, प्रजातान्त्रिक उद्याेगि ब्यबसायि संघले माया पोखरेललाई सिफारीस गरेपनि अध्यक्ष बुढाथोकि आफ्नो प्रतिबद्धताबाट पछि हट्दै कांग्रेसबाट सोनिलाइ ल्याउन चर्को राजनितिक दबाब कांग्रेसबाट खेपे र उनैलाई ल्याउन राजी भए भने रानाको नाममा खुलेरै असहमती ब्यक्त गर्ने महासचिब महेन्द्र बुढाथोकि र नेपाल पक्षका आर्थीक बिभाग प्रमुख गेहेन्द्र बस्नेतले तत्कालीन प्रचण्ड-नेपाल पक्षबाट र हाल ओलि पक्षबाट जिल्ला सदस्य रहेका मित्रदेबलाई सिफारिस गरेपछि उनि बिशिष्ट सदस्यमा आए ।
मित्रदेब यसअघि संघकै कार्य समिती सदस्यमा टंक पोखरेलसंग चुनाब हारेका थिए । खानेपानी सस्थाको भ्रमणमा रहेकाले शुक्रवारको बैठकमा संघका निबर्तमान अध्यक्ष नारायण भुसाल अनुपस्थित थिए ।