
प्रतिनिधि सभा सदस्य सुजिता शाक्यले राप्ती स्वास्थ्य प्रतिष्ठानको अबलोकन गर्दै भनिन्-भबन, जनशक्तिसहित उपकरणका लागि बजेटको पहल गर्छु, स्वास्थ्यकर्मिले उत्साहीत भएर काम गर्नुहोला !
घोराही, जेठ २३ । प्रतिनिधि सभा सदस्य तथा स्वास्थ्य सम्बद्ध संगठन इन्चार्ज सुजिता शाक्यले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अनुगमन गर्नु भएको छ ।
SPONSORED

घोराहीका मेयर नरुलाल चौधरि,नेपाल निर्माण ब्यबसायी महासघ प्रदेश ५ का अध्यक्ष बलिभद्र राना, दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, जिल्ला प्रहरि प्रमुख गणेश चन्द, नेपाल उद्याेग बाणिज्य महासघका केन्द्रिय सदस्य धुर्बराज श्रेष्ठ भारी, ब्यबसायी सन्ताेेष सोनि, नेकपा नेता, कार्यकर्तासहित नेकपाकी नेतृ तथा केन्द्रिय सदस्य समेत रहनु भएकि शाक्यले प्रतिष्ठानको ल्याब, निर्माणाधिन अबस्थामा रहेको अस्पतालको भौतिक पुर्बाधार, पिसिआर मेसिन, आइसियुको अबलोकन गर्नु भएको थियो। प्रतिष्ठानको बारेमा कामु रजिस्ट्रार कैलाशप्रसाद देब र डिन डा. बसन्त लामीछानेले जानकारी गराउदै प्रतिष्ठानको भौतिक पुर्बाधारका लागि बजेटको पहल गरिदिन सासद शाक्यलाई आग्रह गर्नु भयो ।
SPONSORED

डिन लामीछानेले बजेट अभाबमा प्रतिष्ठानलाई अघि बढाउन समस्या हुने भन्दै निर्माणाधिन पुर्बाधार पूरा भएमा सेवा प्रबाहमा थप सहजता हुने बताउनु भयो । सिमित स्रोत साधनलाई प्रयोग गरेर नै अहिलेसम्म प्रतिष्ठानले सेवा प्रबाह गरिरहेको र बजेट आएमा अझ सेवालाइ प्रभाबकारी बनाएर लैजान सकिने धारणा राख्नु भयो ।
SPONSORED

सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य सुजिता शाक्यले प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना गर्न बजेटका लागि पहल गर्ने भन्दै बजेटका लागि पनि पहल गर्ने बताउनु भयो । स्वास्थ्यकर्मिलाई काममा उत्साहीत भइ मनोबल उच्च बनाउन आग्रह गर्दै उहाले केन्द्रबाट जनशक्ति पठाउन र पिसिआर परिक्षण बढाउनका लागि उपकरणका लागि पनि पहल गर्ने आस्वासन दिनु भयो । निर्माणाधिन भौतिक पुर्बाधारको अबलोकन गर्दै भबनका लागि पनि बजेटको लागि लबिङ गर्ने उहाको भनाइ छ ।