
जनकपुर । प्रदेश प्रहरी कार्यालयको भ्रस्टाचार र अर्थिक अनियमितता विरुद्धको नीति अनुरुप चार जना प्रहरी कर्मचारीलाई संगठनको निति विपरित लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि निलम्बन गरिएको छ ।
आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पुर्याएको प्रमाण फेला परेपछि उनीहरुलाई निलम्बन गरिएको २ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
SPONSORED

प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह र चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारीलाई निलम्बन गरिएको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) धिरजप्रताप सिंहले जानकारी दिए । प्रदेश २ का प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) धिरजप्रताप सिंह
SPONSORED

प्रहरी आन्तरिक शुद्धीकरणलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै सिंहले तस्करी, हतियार ओसारपसार,लागुऔषध कारोबारलगायत कुनै पनि सीमा अपराध नियन्त्रणमा प्रहरी आक्रामक भएर लाग्ने बताए।
SPONSORED

‘तस्करी नियन्त्रणमा म कसैसँग कुनै पनि किसिमको कुरा पनि गर्न सक्दिनँ र मेरो मातहतको प्रहरी तस्करसँग मिल्यो भने जागिरमा बसिरहन दिँदिनँ पनि,’ सिंहले भने।
सीमानामा मरिच, गाइगोरु तस्करी, हतियार कारोबार तथा लागुऔषध नियन्त्रणमा पर्याप्त जनशक्ति खटाएको भन्दै डिआइजी सिंहले प्रहरीले गैरकानुनी काम गर्ने कसैलाई पनि कुनै पनि दबाबमा नछोड्ने दृढता व्यक्त गरे।
यी चारै जना सर्लाही जिल्लाको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत थिए । उनीहरुले आर्थिक लाभ लिएर तस्करलाई सघाएको खुलेको उनले जानकारी दिनु भयो। २ नं. प्रदेश प्रहरी कार्यालय जानपुरधामले उनीहरुको विषयमा थप अनुसन्धान गरिरहेको छ ।