
दाङ,११ जेठ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार थप पाँच जनाको रिपोर्ट पोजिटिभ आएको छ । दाङ, बाँके र बर्दिया जिल्लाका नमूना संकलन गरि ल्याएका २२९ जनाको स्वाव परिक्षण गर्दा ५ जनाको रिपोट पोजिटिभ आएको हो ।
रिपोर्ट पोजिटिभ आउने बर्दियाका एक जना र बाँके जिल्लाका चार जना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिएका छन ।
उनका अनुसार प्रतिष्ठानमा आइतवार बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–५ निवासी २४,२३,२३ र १६ बर्षका पुरुषहरुमा कोरोना भाइरस पोजिटिभ देखिएको हो । त्यसै गरी बर्दिया जिल्ला बासगढी–९ निवासी २५ बर्षीय एक पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा आइतवार बर्दियाका एक जना र बाँकेका १२९ जनाको स्वाव पिसिआर विधिबाट परिक्षण गरिएको थियो ।
SPONSORED

SPONSORED
