
राप्ती नदीमा अवैध दोहन, ११ टिपर र ३ डोजर समातिए
सांसद भन्छन्– वास्तविक खेलाडीलाई कठघरामा उभ्याउनुपर्छ

गढवा गाउँपालिका–५ धर्मापुरघाटबाट ती टिपर र डोजरलाई नियन्त्रणमा लिइएको हो । स्थानीयले दिएको सूचनाका आधारमा गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिर र प्रहरीको टोली धर्मापुरघाट पुगेको थियो ।
SPONSORED

अवैध उत्खनन् गरिरहेको अवस्थामा रंगेहात टिपर र डोजर नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको अध्यक्ष सहजराम अहिरले बताए ।
SPONSORED

ती टिपरहरुले ढुंगागिट्टी समृद्धि र मध्यपश्चिम क्रसर उद्योगमा ओसार्दै आएका थिए । ‘हामीले हाम्रो क्षेत्रमा उत्खनन् गर्न रोक लगाएका छौं,’ अध्यक्ष अहिरले, ‘तर उनीहरुले हाम्रो क्षेत्रबाट ढुंगागिट्टी उठाइरहेका थिए । हाम्रो एरियामा नै जम्मा गरेर राखेका छन् ।’
SPONSORED

जनप्रतिनिधि उत्खननस्थलमा पुग्दा त्यहाँ टिपर, डोजर चालक र ठेकेदारका प्रतिनिधि थिए । उनीहरुले मध्यपश्चिम र समृद्धि क्रसर उद्योगका लागि काम गरिरहेको बताएका थिए । ती क्रसर उद्योगहरुमा उद्योग वाणिज्य संघ गढवाका पूर्वअध्यक्ष युवराज पोखरेल व्यवसायी खड्क बुढाथोकीलगायतको साझेदार रहेको स्थानीय बताउँछन् ।
वास्तविक खेलाडीलाई कठघरामा उभ्याउनुपर्छ : इन्द्रजित
देउखुरी क्षेत्रमा थुप्रै क्रसर उद्योगहरु सन्चालित छन् । तिनमा अवैधरुपमा ढुंगागिट्टी ओसारपसार हुँदै आएको छ । अहिले कालाकाटे–गंगदी हुलाकी सडकखण्ड स्तरोन्नतीको काम भइरहेको मौकामा क्रसर उद्योगमा झन् बढी ओसारपसार बढेको गढवा गाउँपालिका घर भएका प्रदेश ५ का सांसद इन्द्रजित थारु बताउँछन् । माथिल्लो तहसम्म सेटिङ मिलाएर नदीमा दोहन भइरहेको बताउँदै उनले त्यस्ता कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए ।
उनले भने, ‘डोजर टिपर भाडामा आएका होलान्, वास्तविक खेलाडीलाई स्थानीय प्रशासनले कठघरामा उभ्याउनुपर्छ ।’
नेकपाका नेतासमेत रहेका उनले अवैध उत्खननमा आफ्नै पार्टीका नेता–कार्यकर्ताहरुको संलग्नता रहेको संकेत गर्दै फेसबुकमा लेखेका छन्, ‘जनताले सेटिङ्गमा संलग्नहरुको नाम लिन नपरोस् । साथिहरु यसरी समाजवादमा पुगिदैन । यस्तो गर्नु हुदैन ।’
सिमानाको निहुँलकडाउनको बेला मानिसहरुको चहलपहल कम भएको र स्थानीय प्रशासनको ध्यान पनि कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित भइरहेको मौकामा ठेकदारहरुले राप्नी नदीमा अचाक्ली दोहन गरेका छन् । जताततै ठुल्ठूला खाल्डैखाल्डा देखिन्छन् ।
जथाभावी गरिएको दोहनका कारण गढवा गाउँपालिका र राजपुर गाउँपालिकावासीसमेत बर्सेनि राप्ती नदीको डुबान तथा कटानको मारमा पर्दै आएका छन् ।
गढवा गाउँपालिकाको उत्तरतर्फको सिमानामा लमही नगरपालिका पर्दछ । लमही नगरपालिकाले भने आफ्नो क्षेत्रमा ढुंगागिट्टीको ठेक्का लगाउने गरेको छ । तर ठेकदारहरुले आफ्ना टिपर र डोजरहरुलाई गढवा गाउँपालिकाको क्षेत्रमा समेत परिचालन गर्दै आएका छन् ।
साभार – अनलाइन खबरबाट