कोरोना भाइरसः संक्रमितको संख्या बढ्दै जाँदा गाउँघरमा छैन सजगता

कोरोना भाइरसः संक्रमितको संख्या बढ्दै जाँदा गाउँघरमा छैन सजगता 1

 

कोरोना भाइरसः संक्रमितको संख्या बढ्दै जाँदा गाउँघरमा छैन सजगता 2

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई कम गर्न सरकारले लकडाउन गरेको छ। लकडाउनका कारण मङ्गलबारदेखि बजार सुनसान छ। सोमबारदेखि यातायातका साधनहरू चलेका छैनन्। लकडाउन उल्लंघन गरेर सडकमा निस्केका सवारीसाधनसँगै चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने चेतनावनी दिएको छ।

SPONSORED

कोरोना भाइरसः संक्रमितको संख्या बढ्दै जाँदा गाउँघरमा छैन सजगता 3

विज्ञहरूले कोरोना भाइरसबाट बच्नका लागि सरसफाईमा ध्यान दिन आग्रह गरिरहेका छन्। कोरोना भाइरसका लक्षणहरू देखा परे नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत आग्रह गरेको छ। तर, गाउँमा भने यी कुराहरुमा ध्यान नदिँदा कोरोनाको उच्च जोखिम देखिएको छ। सहरमा बजार, विद्यालय, उद्योग, कलकारखानालगायत बन्द भएपपछि अधिकांस मानिसहरू गाउँ फर्केका छन्। सहरमा लकडाउनको पालना भएको पाइएपनि गाउँमा त्यस्तो छैन। मानिसहरु निर्वाध घुमफिरसँगै भेटघाट गरिरहेका छन्। कोरोना भाइरस भन्ने सुनेपनि त्यसबाट बच्नका लागि के के गर्ने भन्ने अधिकांस मानिसहरुमा सचेतना छैन।

SPONSORED

कोरोना भाइरसः संक्रमितको संख्या बढ्दै जाँदा गाउँघरमा छैन सजगता 4
कोरोना संक्रमित मुलुक भारतबाट आएका मानिसहरू पनि निर्वाध परिवारसँग बसेर गाउँघरमा भेटघाट गरिरहेका छन्।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको उच्च जोखिम रहेको घोराही उपमहानगरपालिका–५ भैसापथ्राका ताराबहादुर वलीले बताए। सचेत मानिसहरूले सरसफाईमा ध्यान दिने गरेपनि अधिकांस मानिसले सावधानी नअपनाएको उनी बताउँछन। सामाजिक सञ्जाल प्रयोगसँगै रेडियो सुन्ने र टिभी हेर्ने मानिसहरूले जानकारी पाएपनि अन्यत्रबाट सचेतनाका लागि कोही नआएको उनल बताए। ‘गाउँघरमा यो रोगबाट बच्नका लागि कसैले सावधानी अपनाएको दैखिदैन’, उनले भने, ‘रोगबाट बच्नका लागि साबुनपानीले हातधुने, मास्कको प्रयोग गर्ने भन्छन। तर, गाउँघरमा यो देखिदैन।’

SPONSORED

कोरोना भाइरसः संक्रमितको संख्या बढ्दै जाँदा गाउँघरमा छैन सजगता 5

गाउँघरमा बाहिरी देश वा रोजगारीका सिलसिलामा घर बाहिर रहेका मानिसहरू पनि आइरहेका छन्। उनीहरु कस्तो अवस्थामा फर्किएका छन भन्ने समेत थाहा नहुने अवस्था रहेको उनले बताए। त्यस्तै देउखुरीमा पनि यस्तै अवस्था रहेको लमही नगरपालिका–५ का प्रभाकर चौधरीले बताए। गाउँमा कृषि व्यवसायीका रूपमा काम गर्दै आएका उनले कोरोना भाइरसबाट बच्नका लागि आफूले सावधानी अपनाएपनि गाउँमा अधिकांसले नअपनाएको बताउँछन्। सचेतनाको कमीसँगै हेलच्क्र्याईका कारण गाउँमा भेटघाट गर्ने, सामूहिक रूपमा बसेर गफ गर्ने क्रम रोकिन नसकेको उनले बताए। ‘रेडियामा बाहिरबाट आउने मानिसहरुसँग सकभर नभेट्नु वा नजिकै रहेर कुरा नगर्नु भन्ने गरेको सुनिन्छ’, उनले भने, ‘तर, गाउँमा त्यसको पालना देखिँदैन।

कोरोना संक्रमित मुलुक भारतबाट आएका मानिसहरू पनि निर्वाध परिवारसँग बसेर गाउँघरमा भेटघाट गरिरहेका छन्। कामको सिलसिला तथा पढाइका लागि बाहिर गएका मानिसहरू गाउँमा फर्किएपछि रोगको जोखिमबाट बच्नका लागि सावधानी अपनाउनुपर्ने भएपनि निर्वाध रूपमा भेटघाट गरिरहेको उनले बताए। त्यस्तै उनले २५ जना भन्दा ठूलो संख्यामा जम्मा नहुन आग्रह गरेपनि देउखुरीका कतिपय इँटा उद्योगहरूमा धेरै संख्यामा काम गरिरहेको समेत बताए। यसले गर्दा गाउँमा जोखिम समेत देखिएको उनी बताउँछन्।

कोरोना भाइरसबाट बच्नका लागि भिडभाडमा नजाने, पशुपन्छीदेखि टाढा रहने, साबुनपानीले राम्रोसँग हात धुने, खानेकुरा सफा पानीले राम्रोसँग धोइपखाली मात्र पकाउने, मास्कको नियमित प्रयोगलगायतका कुरामा ध्यान दिन आवश्यक रहेको विज्ञहरूले सुझाव दिएका छन्।

यी प्रतिनिधिमूलक गाउँहरू हुन्। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण गाउँदेखि सहर पसेका मानिसहरुसँगै रोजगारीका लागि छिमेकी देश भारतमा गएका धेरै नागरिक घर फर्किएका छन्। कोरोनाको जाखिमबाट बच्नका लागि उनीहरूसँग पनि जोगिन आवश्यक छ। जोखिमबाट बच्नका लागि सबैले सावधानी अपनाउन आवश्यक छ। यता, घोराही उपमहानगरपालिकाले भने सर्वसाधारणलाई सचेतनाका माइकिङ गर्न सुरु गरेको बताएको छ। बुधबारदेखि घोराही बजारसँगै वडा न १ र २ विभिन्न गाउँमा माइकिङ गर्न सुरु गरिएको घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए।

माइकिङ नगरका सबै वडाहरूमा गरिने समेत बताएका छन्। कोरोनाको त्रास सँगै गाउँमा बाहिरबाट मानिसहरू आउने क्रममा नरोकिएकाले सचेतना फैलाउन माइकिङ गरिएको उनले बताए। त्यस्तै उनले नगरमा बाहिरबाट आउने मानिसलाई निगरानीमा राख्नलाई प्रत्येक टोल विकास संस्थालाई तथ्याङ्क लिन समेत आग्रह गरिएको बताए।

कोरोना भाइरसबाट बच्नका लागि भिडभाडमा नजाने, पशुपन्छीदेखि टाढा रहने, साबुनपानीले राम्रोसँग हात धुने, खानेकुरा सफा पानीले राम्रोसँग धोइपखाली मात्र पकाउने, मास्कको नियमित प्रयोगलगायतका कुरामा ध्यान दिन आवश्यक रहेको विज्ञहरूले सुझाव दिएका छन्। त्यसका लागि स्थानीय सरकारले जनतामा सचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।