प्रतिष्ठानकी उपकुलपति आफै विरामीको स्वाब बोकेर काठमान्डौ हिडिन

प्रतिष्ठानकी उपकुलपति आफै विरामीको स्वाब बोकेर काठमान्डौ हिडिन 1

तुलसीपुर, चैत, १३ । पाँच जनालाई आइसोलेसनमा राखेर उपचार गरिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारी आफै विरामीको स्वाब लिएर काठमान्डौं हिडेकी छन् । जापानबाट आएका एक र भारतको गोलगाउँबाट आएका अर्का व्यक्तिको नमुना संकलन गरि उनी एकाविहानै काठमान्डौं हिडेकी हुन ।

संकलिन नमुना काठमान्डौं लैजान कसैले नमान्नु तथा कुनैपनि व्यवस्था नभएका कारण आफै लिएर हिडेको भण्डारीले बताइन ।

त्यो भन्दा पहिले नै प्रष्ठिानको आइसोलेनमा राखिएका घोराहीका एक युवक र गढवा गाउँपालिकाका दुई युवकको बुटवलवाट आएको चिकित्सकको टोलीले स्वाब संकलन गरेर लगेको थियो । तर हालसम्म पनि उनीहरुको रिपोर्ट आइपुगेको छैन । घोराहीका युवालाई अघिल्लो हप्ताको शुक्रवार नै ज्वरो, रुघा जस्ता लक्षणहरु देखिएपछि प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार हुँदै आएको छ । दुई हप्ता पुग्नै लाग्दा समेत रिपोर्ट नआएपछि विरामी तथा आफन्त प्रतिष्ठान प्रति असन्तुष्ट बनेका छन् ।

SPONSORED

प्रतिष्ठानकी उपकुलपति आफै विरामीको स्वाब बोकेर काठमान्डौ हिडिन 2

भारतवाट आएका दाङको गढवा गाउँपालिकाका एक व्यक्तिलाई बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार हुँदै आएको छ । दाङको गढवा गाउँपालिका नेपाल भारतको सीमाना नाका हो ।

SPONSORED

प्रतिष्ठानकी उपकुलपति आफै विरामीको स्वाब बोकेर काठमान्डौ हिडिन 3

यसैबीच प्रतिष्ठानका कायम मुकायम रजिष्टार डा. कैलाश देवले विहीवारदेखि प्रतिष्ठानले विरामी, तीनका कुरुवा र कर्मचारीलाई खानाको व्यवस्थापन गर्न लागेको जानकारी दिएका छन् ।

SPONSORED

प्रतिष्ठानकी उपकुलपति आफै विरामीको स्वाब बोकेर काठमान्डौ हिडिन 4

सरकारले आह्वान गरेको ‘लक डाउन’का कारण होटेलहरु बन्द हुँदा चिकित्सक, विरामी र कुरुवालाई खाना समस्या एको हुँदा विहीवारदेखि प्रतिष्ठानले त्यसको व्यवस्थापन गर्न लागेको देवले बताए ।