कोरोना विशेष अस्पताल बेलझुण्डीलाई प्रभावकारी बनाउने स्थानिय तहका प्रमुखहरुको सामुहीक प्रतिवद्धता

कोरोना विशेष अस्पताल बेलझुण्डीलाई प्रभावकारी बनाउने स्थानिय तहका प्रमुखहरुको सामुहीक प्रतिवद्धता 1
घोराही, चैत १३ । दाङमा कोरोना विरुद्धको अभियानअन्तर्गत स्थानीय तहहरुसितको समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीलाइ प्रभावकारी बनाउन स्थानीय तहले सहयोग गर्ने निर्णय गरेको छ ।
जसअनुसार बिरामीलाई खाना खुवाउन एउटा कोष बनाइएको छ । जसमा घोराही र तुलसीपुर उपमहानगरले १-१ लाख तथा अन्य आठ पालिकाले ५०-५० हजार सहयोग गर्ने भएका छन ।
बैठकले संकास्पद बिरामी भेटिए स्थानीय स्वास्थ्य निकायमा ज्वरो जाँच गरि कोरोनाको लक्षण देखिए बेल्झुन्डी अस्पताल पुर्याउन सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकमा विहिवार सम्पन्न अस्पताल ब्यबस्थापन समितिको निर्णय जानकारी गराइएको थियो । समितिको बैठकले सबै वडामा वडाध्यक्षको नेतृत्वमा सर्बदलीय समिति बनाउने निर्णय गरेको थियो ।
कोरोना अस्पताल बेलझुण्डी ब्यबस्थापन समिति गठन तथा पहिलो बैठक पनि सम्पन्न भएको छ । बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा रहेको ब्यबस्थापन समिति सदस्यहरुमा जीवन गौतम, अमरबहादुर डागी, डिल्लीबहादुर चौधरी, इन्द्रजीत थारु, जितेन्द्रमान नेपाली र जिल्लास्थित प्रमुख दलका प्रमुखरप्रतिनिधि रहने गरी समिति बनाएको छ । त्यस्तै जिल्लाका सबै वडामा वडाध्यक्षको नेतृत्वमा सर्बदलीय समिति बनाउने पनि निर्णय गरेको छ । त्यस्तै लकडाउनको बेला छाकबास बन्द हुने अबस्थामा रहेका श्रमिकको हरेक वडामा लगत संकलन गर्ने, लकडाउन लम्बिने अबस्थामा उनीहरुको जीबिकाका लागि आबश्यक पहल गर्ने बैठकले निर्णय गरेको छ ।

SPONSORED

कोरोना विशेष अस्पताल बेलझुण्डीलाई प्रभावकारी बनाउने स्थानिय तहका प्रमुखहरुको सामुहीक प्रतिवद्धता 2