लकडाउनले होटल वन्द भएपछि विरामिलाई खाना खुवाउन प्रतिष्ठानलाई इश्वरीय विश्वविद्यालयले खाना पकाउने सामग्री सहयोग

लकडाउनले होटल वन्द भएपछि विरामिलाई खाना खुवाउन प्रतिष्ठानलाई इश्वरीय विश्वविद्यालयले खाना पकाउने सामग्री सहयोग 1

घोराही, चैत १२ । घोराही स्थित ब्रह्मकुमारी इश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक खाना पकाउने र खाने सामग्रीहरु सहयोग गरेको छ । सरकारले लकडाउन गरेपछि होटलहरु वन्द हुदा स्वास्थ्यकर्मीहरुलाई आवतजावतसंगै खानाको उचित प्रवन्ध नभएपछि प्रतिष्ठानले आफ्नै खाना खाने ब्यवस्था प्रतिष्ठानभित्रै मिलाएको थियो । प्रतिष्ठानकि उपकुलपति प्राडा संगिता भण्डारीले प्रतिष्ठानलाई खाना पकाउने र खाने सामग्रीहरु उपलब्ध गराई सहयोग गरीदिन आग्रह गरेपछि इश्वरीय विश्व विद्यालयले सो सहयोग गरेको हो । बजारमा होटलहरु बन्द हुँदा अस्पतालमा भर्ना भएका विरामि, तिनका कुरुवा, अस्पतालका चिकित्सक, नर्स सहीत स्वास्थ्यकर्मि र कर्मचारीहरुलाई खानाको उपलब्ध गराउन समस्या हुँदै आएको थियो ।

विपतको घडिमा मानविय सेवालाइ मध्यनजर गर्दै राजयोगिनी ब्र.कु. गिता न्यौपाने (गिता दिदी) ले प्रतिष्ठानका शाखा अधिकृत मेघ बहादुर अधिकारीलाई सो खाना पकाउने सामग्री हस्तान्तरण गर्नु भएको थियो । गर्नुभयो । प्रतिष्ठानमा उपचार गर्न आउने विरामिको चाप बढ्दै गइरहेको अवस्थामा विरामि, निजका कुरुवालाई खाना खुवाउने होटलहरु वन्द भएपछि विश्वविद्यालयले स्टीलको खण्डे थाल ठुलो ७५ वटा, स्टीलको चम्चा ७५ वटा, स्टील गिलास ३० वटा, स्टील कटौरा ३० वटा, डेक्ची २ वटा(करीव १०० जनाका लागि) र डाडु र पन्यु ठुलो २÷२ वटा फिर्ता नगर्ने गरीभाडाकुडा सहयोग प्रतिष्ठानलाई गरेको हो ।
प्रतिष्ठानले आफ्नो फेसवुक पेजवाट सहयोग गर्ने सहयोग दाता विश्वविद्यालय परीवारलाई धन्यवाद एंव आभार प्रकट गरेको छ । प्रतिष्ठानका कायममुकाय रजिष्टार कैलाशप्रशाद देवले मानविय सेवा भावले सहयोग गरेकोमा धन्यवाद दिदै आउदा दिनमा प्रतिष्ठानलाई मायाँ गर्नुहुनेछ भन्दै धन्यवाद दिएका छन् ।

SPONSORED

लकडाउनले होटल वन्द भएपछि विरामिलाई खाना खुवाउन प्रतिष्ठानलाई इश्वरीय विश्वविद्यालयले खाना पकाउने सामग्री सहयोग 2

सहयोग पाएपछि खुसि हुँदै प्रतिष्ठानले आफ्नो फेसवुक पेजवाट धन्यवाद ज्ञापन गर्दै लेखेको छ–‘विश्वस्तरमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल समेत सुरक्षित नरहेको र दाङ जिल्लापनि यस विकराल प्रकोपको उच्च जोखिममा रहेको परिप्रेक्षमा सबैतिर लक डाउन भएर बजार बन्द भएको अबस्थामा यस राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका विरामी, कुरुवा, चिकित्सक, नर्स लगायत यस अस्पतालका कर्मचारीलाइ खानाको प्रबन्ध गर्न समस्या भइरहेको बेला घोराही स्थित ब्रह्मकुमारी इश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले प्रतिष्ठानकी उपकुलपति प्रा।डा। संगिता भण्डारीको स्वयं पहलमा प्रतिष्ठानलाई आवश्यक खाना पकाउने र खाने सामग्रीहरु उपलब्ध गराइ राजयोगिनी ब्र।कु। गिता न्यौपाने (गिता दिदी) ले प्रतिष्ठानका शाखा अधिकृत मेघ बहादुर अधिकारीलाई हस्तान्तरण गर्नुभयो । विपतको घडिमा मानविय सेवालाइ मध्यनजर गर्दै सहयोग गरेकोमा प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलाश प्रसाद देवले संस्थालाइ धन्यवाद दिनुभएको छ ।’

SPONSORED

लकडाउनले होटल वन्द भएपछि विरामिलाई खाना खुवाउन प्रतिष्ठानलाई इश्वरीय विश्वविद्यालयले खाना पकाउने सामग्री सहयोग 3

SPONSORED

लकडाउनले होटल वन्द भएपछि विरामिलाई खाना खुवाउन प्रतिष्ठानलाई इश्वरीय विश्वविद्यालयले खाना पकाउने सामग्री सहयोग 4