दाङको बेलझुण्डीमा आइसोलेसन अस्पताल बन्दै

दाङको बेलझुण्डीमा आइसोलेसन अस्पताल बन्दै 1

दाङको बेलझुण्डीमा आइसोलेसन अस्पताल बनाउन सुरु गरिएको छ। प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९)को सावधानीका लागि दाङको बेलझुण्डीमा बनाउने भनेको कोरोना भाइरस नियन्त्रणका लागि आइसोलेसन अस्पताल सोमबारदेखि बनाउन सुरु गरिएको हो।

तुलसीपुर उपमहानगरपालिका–१७ को बेलझुण्डीमा रहेको केन्द्रीय आयुर्वेद विद्यापीठको बहिरंग भवनमा आइसोलेसन अस्पताल निर्माणको काम सुरु गरिएको हो।  कोरोना भाइरस रोकथामको लागि पूर्र्वतयारी, प्रतिकार्य र नियन्त्रणका लागि आइसोलेसन अस्पताल बनाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। प्रदेश सरकारको निर्णय अनुसार दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठको बहिरंग भवनमा आइसोलेसन अस्पताल बनाउने काम भइरहेको उनले बताए।

SPONSORED

दाङको बेलझुण्डीमा आइसोलेसन अस्पताल बन्दै 2

‘अहिले आइसोलेसन अस्पताल निर्माणको काम भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘अस्पताल बनाउन सरसफाइदेखि बेडहरु मिलाउने काम भइरहेको छ, चाँडै तयार हुन्छ।’

SPONSORED

दाङको बेलझुण्डीमा आइसोलेसन अस्पताल बन्दै 3

SPONSORED

दाङको बेलझुण्डीमा आइसोलेसन अस्पताल बन्दै 4