११-चैत /  सरकारले घोषणा गरेको लकडाउन अबज्ञा गर्नेलाई कारवाही गरिरहेको दाङ प्रहरीले बताएको छ । सरकारले कोरोना भाईरस संक्रमण रोक्न लकडाउन गरिरहेको भएपनि अबज्ञा गर्नेहरुलाई कारवाहीको दायरामा ल्याईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनका अनुसार सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

SPONSORED

लकडाउनको अबज्ञा गर्नेलाई ६ महिनासम्म कैद : दाङ प्रहरी 2

तर अटेर गरेर घर वाहिर निस्कने तथा अनाबश्यक सवारी चलाउनेलाई कारवाही गरिरहेको खड्काको भनाई छ । लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन्छ ।

SPONSORED

लकडाउनको अबज्ञा गर्नेलाई ६ महिनासम्म कैद : दाङ प्रहरी 3

यो अवधिमा अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउनमात्र पाइन्छ । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न दिने निर्णय कतिपयलाई कफ्र्यू जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कफ्र्यू र लकडाउन फरक कुरा हुन् ।

SPONSORED

लकडाउनको अबज्ञा गर्नेलाई ६ महिनासम्म कैद : दाङ प्रहरी 4

लकडाउन संक्रामक रोग ऐन २०२० अनुसार केन्द्रिय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कफ्र्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ ।

लकडाउन कफ्र्यु जस्तो कडा हुँदैन । तर, लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ सय रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।

लकडाउनको बेला पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको छ । स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउँछन् । यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट छ । यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सन्चालन हुन पाउँछन् ।