दाङको कोइलावाससहीत २६ नाकाहरू अनिश्चितकालका लागि बन्द

दाङको कोइलावाससहीत २६ नाकाहरू अनिश्चितकालका लागि बन्द 1

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोक्न भारतसँग सीमा जोडिएका दाङका नाकाहरू अनिश्चितकालका लागि बन्द गरिएको छ।

भारतसँग सीमा जोडिएको मुख्य कोइलाबास नाकासहित ८३ किलोमिटर क्षेत्रमा रहेका २६ वटा नाकाहरू अनिश्चितकालका लागि बन्द गरिएको हो।

SPONSORED

दाङको कोइलावाससहीत २६ नाकाहरू अनिश्चितकालका लागि बन्द 2

त्यो सहीत जम्मा ३१ वटा नाका भारतिय सिमासंग जोडिएका छन् ।

SPONSORED

दाङको कोइलावाससहीत २६ नाकाहरू अनिश्चितकालका लागि बन्द 3

भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै दुवै देशका अधिकारीहरूको सहमतिमा नाकाहरू पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले जानकारी दिएका छन्। उनका अनुसार नेपाल-भारत सीमा जोडिएका मुख्य नाकाहरू कोइलावास नाका, भौवा नाका, खंग्रा नाका, पटौली नाका, गुङखोला नाका, भौरीसाल नाका, सुनपथरी नाकालगायत साना तथा ठूला २६ नाकाहरू बन्द गरिएको छ।

SPONSORED

दाङको कोइलावाससहीत २६ नाकाहरू अनिश्चितकालका लागि बन्द 4

‘कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल आउने र भारत जाने दुवैतर्फका नाका बन्द गरिएको छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘संक्रमणको अवस्था सामान्य नहुँदासम्म सीमा बन्द गरिने छ।’ बन्द गरिएका सीमा नाकाहरूमा सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सुरक्षाफोर्स राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्लाका २६ नाकाहरू मध्ये बढी मानिसहरूको चहलपहल हुने नाका कोइलावास नाका हो। मुख्य नाकाका रूपमा रहेको कोइलावास नाकामा यसअघि ‘हेल्थ डेक्स’ स्थापना गरेर दुवैतर्फ आउने जानेहरूको स्वास्थ्य परीक्षण गरिँदै आइएको थियो। फागुन २२ स्थापना गरिएको ‘हेल्थ डेक्स’मा अहिलेसम्म २५ सय बढीको स्वास्थ्य चेकजाँच गरिएको थियो। जसमा कोरोना भाइरसको कुनै पनि संक्रमण देखिएको छैन।