राप्रपाको एकिकृत बैठक सम्पन्न, एकिकृत पार्टिको जिल्ला बैठकको अध्यक्षता क्षेत्रबहादुर बस्नेतले गरे

राप्रपाको एकिकृत बैठक सम्पन्न, एकिकृत पार्टिको जिल्ला बैठकको अध्यक्षता क्षेत्रबहादुर बस्नेतले गरे 1
घोराही,चैत ७ । राष्ट्रिय प्रजातन्त्र पार्टि जिल्ला कार्यसमिति दाङको पूर्ण बैठक आज घोराहीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकमा पार्टि एकिकरण ,संगठन निर्माण,, पार्टीको भावी कार्यनीति र कार्यक्रमको बारेमा निर्णय गरेको थियो साथै आगामीे जिल्ला अधिबेश्नको तयारीका सम्बन्धमा छलपल गरिको थियो ।
बैठकमा प्रदेश ५का वरिष्ठ उपाध्यक्ष दामोदर भण्डारी , केन्द्रिय सदस्य तेज बहादुर बस्नेत, नरेशजंग राणा , बिर क्षेत्रि , लिलाधर चौधरि लिलायादव , प्रदेश सहसचिव बंशीकुमार शर्मा , प्रदेश सदस्य किशोर न्यौपाने , प्रदेश सदस्य लक्ष्मण केसि , जिल्लाका वरिष्ठ उपाध्यक्ष भुपाल रावत, उपाध्यक्ष हिरालाल खडका चुर्ण ओली , जिल्ला सदस्य प्याउली के.सी , गिर्जा चौधरी , गोबिन्द गिरी धुव्र गौतम त्रिभुवन थापा क्षेत्र न १का अध्यक्ष बिनोद के सी क्षेत्र न २का अध्यक्ष नर बहादुर बुढाथोकी लगायतकाले आफनो धारण राखेका थिए ।
बैठकका अतिथि प्रदेश उपाध्यक्ष दामोदर भण्डारीले पार्टिले अवलम्वन गरेको सम्वद्र्धनबादको बिषयमा प्रकाश पारेका थिए भने केन्द्रीय कार्यसमितिको आधारपत्र अनुसार २०७३ सालमा भएको एकता अधिवेश्नबाट निर्बाचित पदाधिकारि तथा सदस्यहरुलाई नै एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टिको जिल्ला कार्यसमिति क्षेत्रिय कार्यसमिति नगर कार्यसमिति गाउ पालिका कार्यसमिति हुन्दै वडासमिति कायम गर्ने र पार्टिसंगठनको क्रममा पार्टिमा योगदान दिएकालाई सहभागिता गराउने भन्ने केन्द्रिय कार्यसमितिका अध्ध्यक्ष त्रय कमल थापा पशुपति शम्सेर जबरा र डां प्रकास चन्द्र लोहनी द्धारा हस्ताक्षरको परिपत्रको बुन्दा न ५ अनुसार जिल्ला कार्यसमितिको पूर्ण बैठकले निर्वाचित राप्रपा जिल्ला कार्यसमिति लाई बैधानिकता दिदै सवैलाई सम्भव भए सम्म मिलाउदै लैजाने निर्णय गरेको छ । उपाध्यक्ष भुपाल रावतको स्वागत मन्तब्यबाट शूरु भएको कार्यक्रमको सञ्चालन सचिव श्रीमनि न्यौपानेले गरेका छन् ।

SPONSORED

राप्रपाको एकिकृत बैठक सम्पन्न, एकिकृत पार्टिको जिल्ला बैठकको अध्यक्षता क्षेत्रबहादुर बस्नेतले गरे 2