६ – चैत  / दाङ देउखुरी ग्याँस विक्रेता संघले कोरोना संक्रमणको समयमा जिल्लामा कुनै पनि ग्याँसको अभाव नभएको जनाएको छ । विहिवार घोराहीमा पत्रकार सम्मेलन मार्फत संघले अभाव नरहेको जानकारी गराएको हो ।

संघका अध्यक्ष सन्तोष क्षेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य तथा प्रदेश सल्लाहकार लालबावु केसीले कोरोनाको सन्त्रासले आम उपभोक्ताहरुले आबस्यक भन्दा बढी ग्याँस सिलिन्डर खरिद गरेर स्टक राखेको भन्दै त्यसो नगर्न उहाँले आग्रह गरेका छन । एउटै व्यक्तिले ९ वटा भन्दा बढी ग्याँसका सिलिन्डर राख्ने गरेको भन्दै जिल्लामा ग्याँस आफुर्तिमा समस्या नहुने भएकाले दुई वटा भन्दा बढी ग्याँस खरिद नगर्न र संक्रमणका कारण त्रसित नहुन समेत उपभोक्ताहरुलाई उनले आग्रह गरेका हुन ।

SPONSORED

दाङमा ग्याँसको आपूर्ति सहज छ, उपभोक्ताले आबश्यक्ता भन्दा बढि भण्डारण गर्नु हुदैन- अभाव छैन : ग्याँस व्यवसायी 2

ग्याँस एउटा विष्पोटक पदार्थ भएका कारण उपभोक्ताले बढी खरिद गर्दा विष्पोट समेत हुने खतरा भएका कारण आबस्यक भन्दा बढी राख्न उचित नहुने उनको भनाई रहेको छ । काठमाण्डौमा जस्तो दाङमा अभाव नभएको कारण अहिलेनै आत्तिहाल्नुपर्ने अबस्था नरहेको उनले बताए

SPONSORED

दाङमा ग्याँसको आपूर्ति सहज छ, उपभोक्ताले आबश्यक्ता भन्दा बढि भण्डारण गर्नु हुदैन- अभाव छैन : ग्याँस व्यवसायी 3

यसैगरि पत्रकार सम्मेलनमा सघंका सल्लाहकार ललित शाहले जिल्लामा मासिक ५५ हजार ग्याँस खपत हुँदै आएकामा हाल ६० हजार विक्रि वितरण हुँदै आएको उनको भनाई छ । साथै त्यसअबसरमा उहाँले ग्याँस व्यवसायिहरुलाई पनि पारर्दशि रुपमा विक्रि वितरण गर्न आग्रह गरेका थिए । संघका सचिव यादव श्रेष्ठको स्वागत मन्तव्यवाट सुरु भएको पत्रकार सम्मेलनको सहजीकरण प्रेश संयोजक निशानदाजु भट्टराईले गरेका हुन।

SPONSORED

दाङमा ग्याँसको आपूर्ति सहज छ, उपभोक्ताले आबश्यक्ता भन्दा बढि भण्डारण गर्नु हुदैन- अभाव छैन : ग्याँस व्यवसायी 4