मापसे गरे प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा पत्रकार गणेश आचार्यलाई प्रहरीले समात्यो

मापसे गरे प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा पत्रकार गणेश आचार्यलाई प्रहरीले समात्यो 1

मापसे गरे प्रहरीसंग विवाद गरेर पक्राउ गर्न चुनौति दिएपछि पत्रकार गणेश आचार्यलाई प्रहरीले पक्राउ गर्नु परेको तुलसिपुर डिएसपि हरीहर योगिद्वारा स्पष्टोक्ती

दाङ, चैत ६ । मापसे गरेर प्रहरीसंग विवाद गरेर आफुलाई पक्राउ गर्न चुनौति दिएपछि तुलसिपुरमा एक जना पक्राउ परेका छन् । इप्रका तुलसिपुरका डिएसपि हरीहर योगिले तुलसिपुरका गणेश आचार्यलाई मापसे गरेर प्रहरीसंग विवाद गरेर अभद्र कार्यशैलि देखाएपछि उनलाई पक्राउ गरीएको बताए । उनले प्रहरीसंग विवाद गरेका कारण आचार्यलाई एक दिन हिरासतमा नियन्त्रणमा लिईएको जानकारी दिए ।

मापसे गरेर गणेश आचार्यले प्रहरीसंग विवाद गरे, विवाद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर एक दिन हिरासतमा राखेको हो-डिएसपि योगिले भने-मापसे गरेर प्रहरीसंग विवाद गरेपछि घर जानुहोस भनेर प्रहरीले पटक-पटक भन्यो, तर, मलाई पक्राउ गरेर देखाउन भनेर विवाद गरेपछि इप्रका तुलसिपुरका प्रवक्ताको नेतृत्वमा खटेको प्रहरी टोलिले सोमवार पक्राउ गरेर ल्यायो, मंगलवार विहान प्रहरीले विहान छाडेको हो । आचार्य यसअगाडि पनि होटलमा मापसे गरेर ब्यक्तिसंग झगडा गरेर विवाद गरेपछि केही दिन हिरासतमा नियन्त्रणमा लिएका थिए । आचार्यलाई यसअगाडि एक क्रशर ब्यवसायिहरुले आफुहरुसंग समाचारको विषयमा वार्गेनिङ गरेर पैसा खाएको सार्वजनिकरुपमा नेपाल पत्रकार महासंघ दाङको सभाकक्षमा पत्रकार सम्मेलन गरेर गम्भिर आरोप लगाएका थिए ।

SPONSORED

मापसे गरे प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा पत्रकार गणेश आचार्यलाई प्रहरीले समात्यो 2

उनि जिल्ला प्रशासनवाट सो समयमा धरौटी तिरेर छुटेका थिए । आचार्य प्रदेश अनलाइनका सञ्चालक हुन भने जनता टिभि र बुटवल अनलाईनका जिल्ला समाचारदाता हुन् ।

SPONSORED

मापसे गरे प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा पत्रकार गणेश आचार्यलाई प्रहरीले समात्यो 3

साभार ः फरक कोणवाट ।

SPONSORED

मापसे गरे प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा पत्रकार गणेश आचार्यलाई प्रहरीले समात्यो 4