प्रिमियर इन्स्योरेन्सद्वारा डाँगीलाई बयालीस लाख बढी बिमा रकम हस्तान्तरण

प्रिमियर इन्स्योरेन्सद्वारा डाँगीलाई बयालीस लाख बढी बिमा रकम हस्तान्तरण 1

दाङ, चैत्र २ । घोराही स्थित प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड घोराही शाखाले बिमा वापतको बयालिस लाख उनान्तिस हजार रकम शोभाकर डाँगीलाई हस्तान्तरण गरेको छ ।
डाँगीले प्रिमियर इन्स्योरेन्समा टिप्परको बिमा गर्नुभएको थियो । गत भदौ २७ गते उक्त टिप्पर घोराही– होलेरी सडक खण्डमा ब्रेक फेल भई सडक खण्डदेखि २०० मिटर तल खसेर पूर्ण रुपमा क्षति भएको थियो ।
आइतबार एक कार्यक्रमका बीच कम्पनी म्यानेजर प्रवेश न्यौपानेले स्वर्गद्वारी टिप्पर व्यवसायी समितिका अध्यक्ष भरतनाथ योगीको रोहबरमा उक्त बिमा रकमको चेक डाँगीलाई हस्तान्तरण गर्नुभएको थियो ।
भरपर्दो र विश्वासनिय प्रिमियर इन्स्योरेन्सले सवारी साधनहरुको बिमा गरिरहेको छ । काठमाण्डौं केन्द्रीय कार्यालय रहेको प्रिमियर इन्स्योरेन्सले विभिन्न जिल्लामा आफ्नो सेवा प्रवाह गरेको छ ।

SPONSORED

प्रिमियर इन्स्योरेन्सद्वारा डाँगीलाई बयालीस लाख बढी बिमा रकम हस्तान्तरण 2