यसरी भत्काइयो प्रतिष्ठान क्वाटरको अतिक्रमित संरचना भत्काइयो, अरु अतिक्रमीत संरचना पनि हटाउने तयारी

यसरी भत्काइयो प्रतिष्ठान क्वाटरको अतिक्रमित संरचना भत्काइयो, अरु अतिक्रमीत संरचना पनि हटाउने तयारी 1

दाङ, २ चैत । घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक आवास
गृहमा बर्षौदेखि अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको स’रक्षा संयन्त्र, वडा प्रहरी कार्यालयका अधिकारीहरु,
वडाध्यक्ष तथा टोलविकाश समितिका पदाधिकारीहरु समेतको रोहवरमा अतिक्रमित
संरचना हटाइएको हो ।
अतिक्रमित संरचना हटाउने सवालमा पटक पटक लिखित ताकेता गरेपनि हटाउन
सकिएको थिएन । प्रतिष्ठानको जग्गामा रहेको झुपडि हटाउने विषयमा अदालतमा
समेत मुद्धा परेको थियो । अदालतले पनि हटाउन मनासिव भएको फैसला गरेपछि
प्रतिष्ठानले सहज रुपमा अतिक्रमण गरी बसेका परीवारलाइ अन्यत्र प्रतिस्थापित ह’न
सहयोग गरेको थियो । अतिक्रमण हटाउने सवालमा सहयोग गर्ने स’रक्षा निकाय,
पत्रकार तथा नागरीक समाजलाइ प्रतिष्ठानले धन्यवाद ज्ञापन समेत गरेको छ ।
प्रतिष्ठानका निमित्त रजिस्टार कैलास प्रसाद देवले संक्षिप्त प्रतिक्रिया दिंदै
प्रतिष्ठानको कर्मचारी आवासभित्रको संरचना हटाउन सहयोग गर्ने सवैलाइ धन्यवाद
ज्ञापन गरेका थिए ।
साथै प्रतिष्ठानले अन्य अतिक्रमित जग्गा संरक्षण गर्न र अतिक्रमण हटाउने सवालमा
पनि यस्तै सहयोगको अपेक्षा गरेका छन् । प्रतिष्ठानको स्वामित्वमा रहेको
अझैपनि धेरै जग्गा अतिक्रमणको चपेटोमा परेको छ । अतिक्रमण हटाउने
सवालमा स्थानिय सरकार र प्रहरी प्रशासनले भने अर्थप’र्ण भ’मिका निर्वाह गर्न
सकेको छैन । अतिक्रमित संरचना हटाउने सवालमा राजनितिक दलहरुले पटक पटक
सहमती गरेपनि हटाउने सवालमा भने अझैपनि अर्थप’र्ण निर्णय ह’न सकेको छैन

अतिक्रमित संरचना आफ्नो स्वामित्वमा नआएसंगै प्रतिष्ठान प्रशासनले यस अघि
ट्राफिक प्रहरी कार्यालय बसेको जग्गा लिजमा दिने प्रक्रिया अघि बढाएको छ ।
जग्गा संरक्षणसंगै केहि आयश्रोतकालागी जग्गा लिजमा दिन लागीएको प्रतिष्ठानले
जनाएको छ । यस्तै अभियान स्वरुप त’लसीप’रको प्रादेशिक अस्पतालले पनि
आफ्नो स्वामित्वमा रहेको जग्गा केरा खेतीकालागी लिजमा दिएको छ ।
अनाधिकृत भ’माफिया र भ’मिहिनका नाममा जग्गा अतिक्रमण ह’न थालेपछि पछिल्लो
समयमा सरकारी संघसंस्था र सरकारी स्वामित्वका संस्थाहरुले समेत जग्गा लिजमा
दिने प्रक्रिया स’रु भएको छ । अतिक्रमण हटाउने सवालमा स्थानिय सरकार र प्रहरी
प्रशासनको अर्थप’र्ण भ’मिका नभएपछि ती जग्गाहरु लिजमा दिन थालिएको बताइएको
छ ।

SPONSORED

यसरी भत्काइयो प्रतिष्ठान क्वाटरको अतिक्रमित संरचना भत्काइयो, अरु अतिक्रमीत संरचना पनि हटाउने तयारी 2