दाङ चेम्वर अफ कमर्शको हिसावकिताव सार्वजनिक भएन्, केही शंकास्पद विलहरुको छानविन गर्दैछौ ःचेम्वर कोषाध्यक्ष अग्रवाल

दाङ चेम्वर अफ कमर्शको हिसावकिताव सार्वजनिक भएन्, केही शंकास्पद विलहरुको छानविन गर्दैछौ ःचेम्वर कोषाध्यक्ष अग्रवाल 1

घोराही, फागुन ३० । दाङ चेम्वर अफ कमर्शले घोराहीमा लगाएको ब्यापारीक महोत्सवको हिसावकिताव सार्वजनिक हुन सकेको छैन् । महोत्सवको आय ब्यय सार्वजनिक नहुदा आयोजक संस्थाप्रति टिकाटिप्पणी सुरु भएको छ ।

महोत्सव मुल आयोजक समितिका अध्यक्ष तथा दाङ चेम्वर अफ कमर्शका अध्यक्ष श्रीधर महराले फागुनको दोस्रो हप्ताभित्र महोत्सवको आयब्य सार्वजनिक गर्ने महोत्सव आयोजना हुनुपुर्व र समापनकोक्रममा घोषणा गरेका थिए । माघ १० गतेदेखी माघ २२ गतेसम्म महोत्सव चलेको थियो । महोत्सव सकिएका पनि झन्डै एक महीना वितिसक्दासमेत हिसाव किताव नमिल्दा आयब्यय सार्वजनिक हुन सकेको छैन् । चेम्वरका जिल्ला अध्यक्ष महराले छिट्टै महोत्सवको आयब्यय सार्वजनिक हुने बताए । चेम्वरका कोषाध्यक्ष विकास अग्रवालले पनि महोत्सवको आयब्यय सार्वजनिक नहुनुको पछाडि केही फर्जि शंकास्पद विलहरु रहेको र त्यसको छानविन चलिरहेको बताए । केही शंकास्पदहरु विल आए, धेरै रकमको विल आउदा फर्जि जस्तो लागेर हामिले ति विल छानविन गरेर मात्रै भुक्तानि दिने सोच बनाएका छौ-कोषाध्यक्ष अग्रवालले भने । उनले केही समय अगाडि सामाजिक सञ्जाल फेसवुकमा आफुलाई जसरी पनि विल पास हुनुपर्ने कुरा आएको भन्दै दवाव दिएको महसुस हुने गरी लेखेका थिए । उनले आफुलाई सोध्दै नसोधि केही त्यस्ता खानपिनका फर्जि विलहरु ल्याएको र त्यसलाई पास गराउन खोजेको आसयका साथ विलहरु पनि फेसवुकमा हालेका थिए । महोसत्सववाट झन्डै १७ लाख रुपैयँँो आम्दानि हुने देखीएको भन्दै चेम्वरका पदाधिकारीहरुले चेम्वरको खातामा सो आम्दानि रकम ल्याउनुपर्ने बताउदै आएका थिए । महोत्सवको कलाकारदेखी सबै मञ्च ब्यवस्थापन सबै ठेक्का दिएका थिए । महोत्सवमा ठेक्का दिनेक्रममा महोत्सवको विज्ञापन गर्ने पैसो पनि सम्वन्धित ठेकदारले तिरेका थिए ।

SPONSORED

दाङ चेम्वर अफ कमर्शको हिसावकिताव सार्वजनिक भएन्, केही शंकास्पद विलहरुको छानविन गर्दैछौ ःचेम्वर कोषाध्यक्ष अग्रवाल 2

महोत्सव ठेक्कामा दिएकाले पनि ठेक्का अनुसार पाएको रकम सबै वच्नुपर्ने देखीएको छ । तर, चेम्वरका पदाधिकारीहरुले भने ठेकदारले सबै आफ्नो पैसा खर्च गरेर महोत्सव लगाउदा पनि आयोजक संस्थालाई पैसा नवच्नुमा आश्चर्य ब्यक्त गर्दै आएका छन् । पर्यटन वर्षलाई लक्षित गरेर महोत्सव लगाईएको भएपनि त्यस्तो निश्चित उदेश्य महोत्सव लगाउदा खुलाईएको थिएन् । महोत्सव लगाउने ठेकदारले पनि सबै खर्च कटाएर झन्डै २५ लाख फाइदा गरेको महोत्सवमा नजिक रहेर काम गरीरहेकोहरुले बताएका छन् ।

SPONSORED

दाङ चेम्वर अफ कमर्शको हिसावकिताव सार्वजनिक भएन्, केही शंकास्पद विलहरुको छानविन गर्दैछौ ःचेम्वर कोषाध्यक्ष अग्रवाल 3

साभार ः अभियान दैनिकवाट ।

SPONSORED

दाङ चेम्वर अफ कमर्शको हिसावकिताव सार्वजनिक भएन्, केही शंकास्पद विलहरुको छानविन गर्दैछौ ःचेम्वर कोषाध्यक्ष अग्रवाल 4