प्रतिष्ठानले पार्किङ र ठेला ब्यवस्थापनका लागि जग्गा लिजमा दिने

प्रतिष्ठानले पार्किङ र ठेला ब्यवस्थापनका लागि जग्गा लिजमा दिने 1

घोराही, फागुन २९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पार्किङ र ठेला ब्यवस्थापनका लागि जग्गा लिजमा दिने भएको छ । प्रतिष्ठानले मासिक १ लाख ५० हजार न्युनतम मुल्य कायम गरेर टेण्डर आह्रवान गरेको हो । चैत १४ गते दिउसो १२ बजेसम्म टेण्डर हाल्न पाउने प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानले टेण्डरका लागि स्थानिय पत्र पत्रिकामा पनि सुचना निकाल्न भएको छ । घोराही १४ मा पर्ने घोराही सिस्नेखोला सडक खण्डको दक्षिणपट्टिको १०० फिट पछिको किता नम्बर ८१ रहेको १३ कठ्ठा १८ धुर जग्गा लिजमा दिन सार्वजनिकरुपमा टेण्डर गर्ने भएको हो ।

प्रतिष्ठानमा अहिले पार्किङको समस्या हुदै आएको छ भने ठेला ब्यवसायिहरुले प्रतिष्ठानको हाताभित्र जथाभावी पार्किङ गर्दा कार्यालयको कामकाजमा अहसजता उत्पन्न हुन थालेपछि प्रतिष्ठानले पार्किङ र ठेला ब्यवस्थापनका लागि टेण्डर नै निकालेर जग्गा लिजमा दिने भएको हो । प्रतिष्ठानले निकालेको टेण्डरमा व्यवस्थित सशुल्क पार्किङ्ग तथा सटरको लागि जग्गा भाडामा दिन सकिनेछ, भाडामा लिएको जग्गामा फार्मेसी, डाइगोनोष्टिक सेन्टर, निजि क्लिनीक, मदिरा तथा सुर्तिजन्य समाग्रीहरुको बिक्री वितरण गर्न पाइनेछैन, समाजमा बिकृति तथा वातावरण प्रदुषण फैलाउने गतिबिधि गर्न पाइनेछैन र कुनैपनि संरचना बनाउनु पूर्व प्रतिष्ठान सँग सहमति अनिवार्य लिनुपर्नेछ उल्लेख गरीएको छ ।

SPONSORED

प्रतिष्ठानले पार्किङ र ठेला ब्यवस्थापनका लागि जग्गा लिजमा दिने 2

SPONSORED

प्रतिष्ठानले पार्किङ र ठेला ब्यवस्थापनका लागि जग्गा लिजमा दिने 3