भविष्यमा आउने प्राकृत्तिक विपत्तिलाई सम्झेर भएपनि खुला तथा सार्वजनिक क्षेत्र मास्ने रोकौ ः नागरीक समाज दाङ

भविष्यमा आउने प्राकृत्तिक विपत्तिलाई सम्झेर भएपनि खुला तथा सार्वजनिक क्षेत्र मास्ने रोकौ ः नागरीक समाज दाङ 1

घोराही । खुला तथा सार्वजनिक क्षेत्रहरु मास्न नदिनेतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराएका नागरिक समाजलगायतका सरोकारवालाहरुले आइतवार जिल्ला प्रशासन कार्यालय दाङको पनि ध्यानाकर्षण गराएका छन् । सार्वजनिक तथा खुला ठाउँहरु मासेर व्यापारिक प्रयोजनका लागि संरचना निर्माण गर्ने जस्ता कार्यहरु भइरहेको भन्दै घोराही उपमहानगरपालिकासहीत स्थानिय प्रशासनलाई पनि उक्त कार्य रोक्न आग्रह गरीएको हो ।

नागरिक समाज दाङको नेतृत्वमा मानवअधिकारकर्मी, उद्योगी, व्यापारी, पत्रकार, सामुदायिक वनलगायत ६ जना सामाजिक संघ संस्थाहरुले यसअघि घोराहीका मेयर नरुलाल चौधरीलाई यस वारेमा ध्यानाकर्षण गराउदै यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालयलाई विशेष आग्रह गरेका छन् । नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्त, सचिव लक्ष्मि आचार्य, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालसहीत विभिन्न सामाजिक संघ संस्थाका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई भेट्दै व्यावसायिक प्रयोजनका लागि खुला ठाउँ मास्न नदिनेतर्फ ध्यानाकर्षण गराएका हुन् । घोराहीको कर्मचारी मिलन केन्द्रमा खाद्य संस्थानको स्वामित्वमा रहेको खुला क्षेत्रलाई व्यावसायिक प्रयोजनका लागि संरचना निर्माण गर्न लागिएको भन्दै उक्त कार्य रोक्नुपर्ने सरोकारवालाहरुले बताए । भेटमा प्रजिअ रिजालले दुवै पक्षलाई वोलाएर छलफल गराउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

SPONSORED

भविष्यमा आउने प्राकृत्तिक विपत्तिलाई सम्झेर भएपनि खुला तथा सार्वजनिक क्षेत्र मास्ने रोकौ ः नागरीक समाज दाङ 2

भविष्यमा आउनसक्ने प्राकृतिक विपत्तिहरुमा खुला क्षेत्र आवश्यक पर्ने भन्दै संयोजक पन्तले उक्त क्षेत्रको संरक्षण गरिनुपर्ने आवश्यकता औंल्याए । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले भने– खुला क्षेत्र नगरवासीको सम्पत्ति हो। यस्ता क्षेत्र मासिनु हुँदैन। भविष्यमा नगरमा कुनै ठूलै प्राकृतिक प्रकोप आए नगरवासी कहाँ जाने रु’उनले खुला क्षेत्र मास्नबाट जोगाएर संरक्षण गर्नुपर्ने दायित्व भएको बताउँदै उक्त क्षेत्रमा भइरहेको निर्माण कार्य तत्काल रोक्नुपर्नेमा जोड दिए । यसअघि नागरीक समाजसंगको भेटमा पनि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले खुला क्षेत्रहरु मास्ने कार्य जनअपेक्षाविपरीत भएको उल्लेख गर्दै ती कार्यहरु रोक्न प्रयास थालिने बताए। खुला क्षेत्र नगरवासीको आवश्यकता र चासोको विषय भएको उल्लेख गर्दै उक्त कार्य क्षेत्रहरुको संरक्षण गरिने बताउनुभयो । साथै उहाँले उक्त जग्गा भने नगरपालिकाको स्वामित्व बाहिर भएकोले तत्काल रोक्न नसकिएको बताए।

SPONSORED

भविष्यमा आउने प्राकृत्तिक विपत्तिलाई सम्झेर भएपनि खुला तथा सार्वजनिक क्षेत्र मास्ने रोकौ ः नागरीक समाज दाङ 3

खुला तथा सार्वजनिक क्षेत्र मास्ने जनअपेक्षा विपरीतका काम रोक्न नागरीक अगुवाहरुद्वारा स्थानिय प्रशासनसंग माग घ

SPONSORED

भविष्यमा आउने प्राकृत्तिक विपत्तिलाई सम्झेर भएपनि खुला तथा सार्वजनिक क्षेत्र मास्ने रोकौ ः नागरीक समाज दाङ 4

मिलन केन्द्रमा रहेको खुला जग्गा नगरपालिकाको स्वामित्व नभएर खाद्य संस्थानको छ’– उनले भनेका थिए । – ‘अर्काको स्वामित्वमा भएको जग्गा हाम्रो अधिकार क्षेत्रभन्दा बाहिर रह्यो । त्यसकारण हामी पछाडि स¥यौं । यद्यपि उक्त खुला क्षेत्र जोगाउन हामी प्रयासरत छौं ।’ उनले खुला क्षेत्र जोगाउनु सबैको दायित्व भएको बताउँदै थानीय सरकारमात्र नभएर सरो कारवाला समेत यस विषयमा अगाडि सर्नुपर्नेमा जोड दिए ।