नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य बने मावि चौघेराको अध्यक्ष

नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य बने मावि चौघेराको अध्यक्ष 1

घोराही । गोरक्षरत्ननाथ मावि चौघेराको अध्यक्षमा निर्मल आचार्य चयन हुनुभएको छ । बिहीवार भएको अभिभावक भेलाबाट सर्वसम्मतरुपमा उहाँ अध्यक्षमा चयन हुनुभएको हो ।

भेलाबाट अभिभावकको तर्फबाट दुर्गाबहादुर डाँगी, भीमकुमार सुवेदी, शान्ता गुरुङ र सिता चौधरी चयन हुनुभएको थियो । सदस्यहरुको बैठकले निर्मल आचार्य र द्रोपदा न्यौपानेलाई मनोनित गरेको थियो ।

बैठकले आचार्यलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको छ । सात सदस्यीय बिव्यसमा वडा अध्यक्ष खुशीम चौधरी पनि सदस्य रहनुभएको छ भने सदस्य सचिवमा प्रअ सेमलाल मल्ल रहनुभएको छ ।

SPONSORED

नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य बने मावि चौघेराको अध्यक्ष 2
नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य बने मावि चौघेराको अध्यक्ष 3

त्यस्तै गोरक्षा रत्ननाथ मठका मठाधीश सुरतनाथ योगीको संयोजकत्वमा सल्लाहकार समिति चयन गरिएको छ । जसका सदस्यहरुमा अशोककुमार घिमिरे, मोहनलाल चौधरी, दामोदर सुवेदी, दीनानाथ आचार्य र केशब भुसाल रहनुभएको छ ।

SPONSORED

नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य बने मावि चौघेराको अध्यक्ष 4

शिक्षक अभिभावक संघका अध्यक्ष उमानन्द खनालको अध्यक्षतामा भएको भेलाको सञ्चालन सहप्रअ विजय अधिकारीले गर्नुभएको थियो ।

SPONSORED

नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य बने मावि चौघेराको अध्यक्ष 5