तुलसीपुर । जनताको जागरुकताले नै भ्रष्टाचार न्यूनीकरण गर्न सकिने भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले बताएका छन् ।
भ्रष्टाचार विरुद्ध अभियान चलाएको नेपालका लागि नेपाली नामक संस्थाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा शाहीले देश संघीय संरचनामा गएसंगै भ्रष्टाचारका घटना बढ्दै गएकोमा चिन्ता जनाए । उनले आफु संघीयता विरोधी नभएको तर संघीयातामा शासन गर्नेहरुको विरुद्ध आफुहरु भएको समेत उल्लेख गरे ।
SPONSORED
उनले देशमा अहिलेको परिस्थितिमा नागरिकहरु चर्को करको मारमा परेको बताएका छन् । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई कर तिराउन नसक्ने सरकारले नागरिकलाई करको मारमा पारेकोे भन्दै कर अनुसारको सेवा सुविधा भने शून्य जस्तो रहेको तर्क गरे ।
SPONSORED
जनताले तिरेको करबाट चलेको शासनको नाममा सरकारले भ्रष्टाचारको बेथिति छरपष्ट पारेको बताए । राज्यलाई अरबौँ कर नतिर्ने एनसेलको सिम बहिष्कार गर्न समेत आम नागरिकलाई आग्रह गरेका छन् ।कार्यक्रममा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले जनता चुप लागेकै कारण भ्रष्टाचार मौलाउँदै गएको जिकिर गरे ।
SPONSORED
उनले भ्रष्टाचारलाई न्युनिकरण गरी देश विकासमा लाग्न सबै जनता एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए । भ्रष्टाचार विरुद्धको अभियान नेपालका लागि नेपाली पूर्वको झापाबाट शुरु भएको अभियान शुक्रबार दाङको तुलसीपुरमा आइपुगेको हो ।