घोराही, ९ फागुन । दाङलाई कृषिमा आत्मनिर्भर बनाउन राज्यले कृषकका योजनालाई प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रमका सहभागीले कृषि तथा पशुपालन व्यवसायमार्फत समृद्धि हासिल गर्न सकिने भन्दै सरकार कृषकका समस्यामा गम्भिर बन्नुपर्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले कृषिलाई आधुनिकीकरण गरेर कृषि उत्पादन बढाउन सकिने बताउनु भयो । परम्परागत कृषि तथा पशुपालन व्यवसायले गुजारा चल्ने तर मनग्य आम्दानी गर्न नसकिने भन्दै उहाँले कृषि तथा पशुपालन व्यवसायी आधुनिक व्यवसायमा जोडिनुपर्नेमा जोड दिनुभयो ।
SPONSORED
त्यस्तै अर्का प्रदेश सभा सदस्य सरस्वती गौतमले कृषि व्यवसाय अनुदानमुखीभन्दा पनि व्यवसायमुखी हुनुपर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले कृषि तथा पशुपालनमार्फत नै समृद्धि हासिल गर्न सकिने भन्दै कृषकका समस्यामा राज्यको ध्यान पुग्नुपर्ने बताउनु भयो ।
SPONSORED
यस्तै, घोराही उपमहानगरका प्रमुुख नरुलाल चौधरीले कृषि तथा पशुपालनको माध्यमबाट असीमित आम्दानी गर्न सकिने धारणा व्यक्त गर्नुभयो । कृषि तथा पशुपालन व्यवसायीलाई फराकिलो बनाउन सके धेरै युवालाई रोजगारीमा जोड्न सकिने दाबी गर्नुभयो ।
SPONSORED