प्रेम दिवसको अवसर पारेर चलचित्र ‘लभ स्टेशन’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘घाम जून चाहिँदैन’ बोलको गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ भने शब्द दीपक शर्मा र उषा शेरचनको, संगीत दीपक शर्माको रहेको छ । रोमान्टिक गीतमा प्रदीप खड्का र जसिता गुरुङ फिर्चड छन् ।
भिडियो हेर्नुहोस :-
SPONSORED
SPONSORED
चैत्र २२ गते देखि रिलिज हुने लभ स्टोरी चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, सरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, रेशु खरेल, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायत कलाकारको अभिनय रहेको छ ।
SPONSORED
उज्जवल घिमिरेले निर्देशन गरेको चलचित्रलाई गोविन्द शाही, क्रिशु शाही (काफिया) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाले छायांकन गरेको चलचित्रमा अर्जुन जिसी र लोकेश बजार्चायले सम्पादन गरेका छन् जहाँ एक्सन आलोक शुक्लाको, कोरियोग्राफी शिशिर खत्रीको, संगीत शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको रहेको छ । ।