घाेराही, फागुन ४ । घोराहीमा जारी प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार भएकाे खेलमा मेघा युबा क्लब स्काई ब्लु र बडहरा युबा क्लब बिजयी भएका छन् ।
पहिलो खेलमा मेघा युबा क्लब स्काई ब्लुले दंगाली फटबल क्लबलाई ६—३ ले पराजित गर्दै बिजयी भएको हो ।
SPONSORED
यस्तै, आजै भएको अर्को खेलमा बडहरा युबा क्लबले ज्ञानज्योति स्पोर्टस् ट्रेनिङ सेन्टरलाई १ गोलले हराएको छ ।
SPONSORED
SPONSORED
प्रतियोगिता अन्तर्गत अब भोली आइतबार पहिलो खेल किसान जागृती युबा क्लब र राप्ती ईञ्जीनियरिङ कलेज तथा दोस्रो खेल नबजारण युबा क्लब र नेपाल मगर संघ घोराहीबीच हुने प्रतियोगिता ब्यबस्थापन समितिका सदस्य सचिब नरेन्द्र पुनले जानकारी दिए ।