लमही, १९ कात्तिक ( रासस) ः दाङको लमही–कोइलावास क्षेत्रमा पर्ने जग्गाका लागि करिब रु ६ करोड मुआब्जा वितरण गरिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार जग्गा एकीकरण गरेर हुलाकी सडक कार्यालयले मुआब्जा वितरण गरेको हो । मुआब्जाका लागि रु ३५ करोड आएको छ ।
मुआब्जा वितरण जारी रहेको बताउँदै प्रजिअ श्रेष्ठले कागजपत्र मिलेकाहरुले मुआब्जा पाइसकेको जानकारी दिनुभयो । मालपोत र नापी कार्यालयबाट आएका सबै फाइलको भुक्तानी गरिसकिएको उहाँको भनाइ छ । मालपोत र नापी कार्यालयबाट फाइल तयार हुन ढिला भएकाहरुलाई मुआब्जा वितरण ढिला भएको बताइएको छ ।
SPONSORED
अहिलेसम्म ७ किलोमिटर मात्रै लमही–कोइलाबास खण्डमा कालोपत्रे भएको छ । काम शुरु भएको नौ महीनामा २६ किलोमिटर क्षेत्रभित्रको ७ किमी सडक मात्रै कालोपत्र भएको कालिका कुमार जेभीका साइट इञ्चार्ज राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
SPONSORED
कोइलाबाससम्मको सडकको दूरी ३३ किमी भए पनि बाँकी ७ किमी क्षेत्रमा विस्तारको काम केही समयभित्र शुरु हुने उहाँले बताउनुभयो । सडक निर्माण क्षेत्रमा रहेको विद्युत्, खानेपानीका पाइप, टेलिफोन तारलगायतले काममा अवरोध सिर्जना गरेको उहाँको भनाइ छ ।
SPONSORED